नागार्जुन जंगलमा अमेरिकी सैनिक नेपाली सेनासँगै किन थाल्यो तालिम ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ : नेपाली र अमेरिकी सेनाको एकमहिने संयुक्त तालिम एवम् सैन्य अभ्यास आजदेखि छाउनीस्थित महावीर गण, तालिम शिविर नगरकोट र नागार्जुनमा सुरु भएको छ ।

तालिममा मानवअधिकार तथा युद्ध कानुन, सैन्य निर्णय प्रक्रिया, सहरी क्षेत्रमा मानवीय तथा सैन्य कारबाहीलगायत विषयमा संयुक्त अभ्यास हुने नेपाली सेनाले जनाएको छ ।


नेपाली सेना र अमेरिकी सेनाको विशेष दस्ताबीच लामो समयदेखि संयुक्त तालिम सञ्चालन हुँदै आएको जनाउँदै सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा त्यसबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्नसक्ने क्षमतालाई समेत अभिवृद्धि गर्न विशेष सहयोग पुग्नाका साथै यस्ता संयुक्त तालिम-अभ्यासबाट दुई देशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द तुल्याउन सहयोग पुग्ने सेनाले जनाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z