आम्दानीभन्दा खर्च बढी हुने राष्ट्रको सूचीमा नेपाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मुभहब नामक साइटको एक रिपोर्टमा आम्दानीभन्दा खर्च बढी हुने राष्ट्रको सूचीमा नेपाल छैठौं स्थानमा परेको छ।
नेपालीहरुले आफ्नो ४ जनाको परिवारको खानामा साप्ताहिक आयस्रोतको १ सय ७१ दशमलव १६ प्रतिशत खर्च गर्ने गरेको सो साइटको रिपोर्टमा उल्लेख गरिएको छ।
यस साइटको रिपोर्टका आधारमा आम्दानीको तुलनामा खाना खर्च बढी हुने राष्ट्रमा युगान्डा विश्वमै सबैभन्दा अगाडि रहेको छ। जुन राष्ट्रमा हप्ताको आयस्रोतको २७५ प्रतिशत रकम खानामा खर्च हुने गर्दछ।
यो तथ्याङ्क उक्त ठाउँका खाद्यान्न पसल र व्यक्तिगत पारिश्रमिकलाई आधार मानेर तयार पारिएको जनाइएको छ। इथोपिया र केन्या क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने बंगलादेश १० औं स्थानमा रहेको छ।
त्यस्तै खानामा खर्च गर्ने विश्वका सबैभन्दा सस्तो देशमा कतार पहिलो स्थानमा रहेको छ, जहाँँ साप्ताहिक पारिश्रमिकको २.६२ प्रतिशत मात्र खानामा खर्च हुने गरेको छ।
त्यस्तै मकाउ (३.६६ प्रतिशत) र कुवेत (४.३८ प्रतिशत) गरि क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यसैगरि तराईमा भइरहेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण खाद्य सामग्रीको ११.६ प्रतिशतले मूल्य बृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्क छ।

###
0 comments
Write Down Your Responses