चिप्ले किराको गतिमा देश अघि बढ्दैन: प्रधानमन्त्री
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

'मेरा कुरा नबुझेकाले पछि बुझ्छन्, बुझ पचाएकाहरु पछुताउँछन्'

केपी शर्मा ओली, प्रधानमन्त्री । फाइल तस्वीर
९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका देश विकासका कुरा नबुझेकाहरुले पछि बुझ्ने र बुझ पचाएकाहरु पछुताउने बताएका छन् ।
चिप्ले किराको गतिमा देश अघि बढ्न सक्दैन भन्दै उनले नेपाललाई अझै पनि पछाडि पार्ने, सम्बृद्ध हुन नदिने र गरिब बनाइराख्ने नियतबाट मुक्त गर्ने अठोट व्यक्त गरे ।
ओली वंश अक्षयकोष तथा ओली वंश समन्वय समिति काठमाडौंले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको एक कार्यक्रममा उनले देशलाई आधुनिक र सम्बृद्ध बनाउँछु भन्दा विरोध भएको दुखेसो पोखे ।
‘१०५ वर्षमा ७०० मेगावाट बिजुली निस्कियो । मैले एक बर्षमा त्यत्ति नै बिजुली निकाल्छु भन्दा मेरा कुरा काट्ने निस्किए,’ ओलीले भने, ‘देश अब अगाडि बढ्छ यो मेरो संकल्प हो । यसलाई म पूरा गर्छु । नबुझ्नेले पछि बुझ्छन् । बुझ पचाएकाहरु पछुताउने छन् ।’
पदमा पुग्नु ठूलो कुरा होइन तर यसको गरिमा जोगाउनु ठूलो कुरा हो भन्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको शिर झुक्ने गरी कुनै पनि काम र सम्झौता नगर्ने दृढता दोहोर्‍याए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z