वाईफाई भन्दा सय गुणा तीब्र गतिको लाईफाई
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : वाईफाई भन्दा सय गुणा तीब्र गतिको कनेक्टिभिटीसहितको प्रविधिले चाँडै प्रविधि बजारमा प्रवेश गर्ने भएको छ ।

शुरुवाती चरणमा यो प्रविधि सन् २०१९ सम्ममा विश्व प्रविधि बजारमा प्रवेश गर्ने भएको छ । अबको केही सालमै लाईफाईले वाईफाईलाई पुरै विस्थापित गर्ने अनुमान गरिएको छ ।



यो प्रविधिलाई इन्टरनेट कनेक्टिभिटीका लागि भिजिबल लाइट कम्यूनिकेशन (भिएलसी) को प्रयोग गरिनेछ । जसको माध्यमबाट यसको कनेक्टिभिटी स्पिड ल्याबमा एक जिबिपिएस रेकर्ड गरिएको छ ।

जुन गति भनेको आम वाईफाई भन्दा सय गुणा बढी हो । अघिल्लो वर्षसम्म यो प्रविधिको बिकासका लागि कयौं वैज्ञानिकहरु सक्रिय थिए ।

अब यो प्रविधिलाई पहिलो पटक टेस्टिङ ल्याब भन्दाबाहिर प्रयोग गरिएको छ । यो प्रविधिलाई एस्टोनियाको एक एक स्टार्ट अप भेलमेनीले टेस्ट गरे ।

अहिले यसको प्रयोग गाडीहरुमा गरिएको छ, जहाँ यसको कनेक्टिभिटी गति एक जिबिपिएससम्म नापिएको छ । सामन्यतया आम वाईफाई राउटर्समा एक सय एमबिपिएसको कनेक्टिभिटी स्पीड हुने गर्छ ।

लाईफाईको यो स्पिडले गीतको एल्बम, हाई डेफिनेशन फिल्म र भिडियो गेम्सलाई एक सेकेन्डमा डाउनलोड गर्न सकिनेछ ।

लाईफाईको यो स्पिड डाटा ट्रान्सफर भइरहेको आधारमा निर्भर हुन्छ । यो प्रविधिमा डाटा भिजिबल लाइट कम्युनिकेशन (भिएलसी) बाट ट्रान्सफर हुने गर्छ ।

तर यो प्रविधिको केही कम्जोरी पनि रहेका छन् । भिजिबल लाइटमा निर्भर हुने भएकाले लाईफाई पर्खालबाट जान सक्दैन । तर यसको नेट्वर्क भने धेरै सुरक्षित छ । तीब्र गति हुने भएकाले अहिलेको प्रविधिमा पनि लाईफाईले ब्यापक सुधार ल्याउनेछ ।

एडिनबरा विश्वविद्यालयका प्राध्यापक हेराल्ड हासले यो प्रविधिको खोजी गरेर सन् २०१२ मा यसलाई लाईफाई नामाकरण गरेका थिए ।

लाईफाईको विकासमा लागेका वैज्ञानिकहरुले यसलाई सन् २०१९ सम्ममा व्यवसायिकरुपमा प्रयोग गर्नका लागि पेश गर्न सकिने जनाएका छन् ।

प्राध्यापक हासले सन् २०११ मा टिइडी टल्कमा भने अनुसार यदि यसको पूर्वाधार सहीरुपमा विकास हुन सक्यो भने लाईफाईको प्रयोग धेरैमात्रामा बढ्ने बताएका थिए ।

'हामीले केबल हरसम्भव उज्यालो दिने डिभाइमा एक छोटो माइक्रोचिप लगाउनु जरुरी छ अनि यसबाट दुई आधारभूत भाग उज्यालो र वायरलेस डाटा ट्रान्समिसन जोडिनेछन्', उनले भनेका छन्, 'भविष्यमा हामीसँग १४ बिलियन लाइट बल्बसँगै १४ बिलियन लाईफाई पनि हुनेछन् । जसले हाम्रो भविष्य उज्यालो र चमकधमकसहितको बनाउन मद्दत गर्नेछ ।' 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z