'शनिबार नै नाकाबन्दी खुल्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पोखरा : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन पारित भएपछि शनिबार नै नाकाबन्दी पूर्ण रुपमा खुल्ने दाबी गरेका छन्।

क्रान्तिकारी पत्रकार सङ्घ, कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, मधेसलाई सम्बोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक शनिबार पारित हुन्छ र शनिबार नै नाकाबन्दी खुल्छ।' उनले शनिबारसम्ममा मधेसी मोर्चा पनि सहमतिमा आउने विश्वास व्यक्त गरे।


संविधान संशोधनका विषयमा कांग्रेस र एमालेबीच केही असझदारी देखिए पनि दुबै दललाई मिलाएर लैजानुपर्ने बताए।उनले प्रमुख राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गर्दै भने,  एमाओवादीले काँग्रेस र एमाले दुबै दललाई एक ठाउँमा ल्याउने काम गर्नेछ।'

मधेसी दलले उठाएका समानुपातिक, समावेशिता, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणलगायतका विषयमा लगभग सहमति भइसकेको र सिमाङ्कनको विषयलाई राजनीतिक समिति निर्माण गरी तीन महिना समयावधि निर्धारण गरी टुङ्ग्याउन पहल भइरहेको बताए।

उनले अब मधेस आन्दोलन पनि जारी नरहने बताए। ' मधेसले राखेका सबैजसो माग पुरा भएपछि आन्दोलन जारी राख्‍नुको अर्थ हुँदैन, उनले भने।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z