जति हेरे पनि चित्त नबुझ्ने शानदार तीन गोल हेर्नुस् जसले २३ वर्षपछि नेपाललाई उपाधि जितायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गणेश थापा नभए नेपाली फुटबल खत्तम हुन्छ भन्नेहरु थिए। तर नेपाली टोलीले उपाधि जित्न न गणेश थापा चाहिने रहेछ न सागर थापा। न जुमानु राई चाहिने रहेछ न अनिल गुरुङ। युवा टोली सक्षम रहेछ क्षमता रहेछ जसका कारण २३ वर्षपछि नेपाली फुटबल फ्यानहरुले खुसी हुने मौका पाए। दुई दशकभन्दा लामो उपाधिको खडेरीपछि नेपाली टिमले आज एउटा अन्तर्राष्ट्रिय उपाधि हात पार्‍यो बंगबन्धु कप।

बहराइनको यु २३ टिमलाई ३-0 ले हराएर उपाधि जित्दा नेपालले गरेका गोलहरु दर्शनीय थिए। ध्यान दिएर हेर्नुस् यी गोल जति हेरे पनि चित्त नबुझ्ने खालका छन्।

  • पहिलो गोल



खेल सुरु भएको चार मिनेट मात्र भएको थियो। विराज महर्जनले दायाँ छेउबाट दिएको क्रसलाई अञ्जन विष्टले पोस्टतिर ताकेर हेड गरे जसलाई गोलकिपरले छेके तर फुत्किएको त्यही बललाई विमल घर्ती मगरले पोस्टमा छिराइदिए। नेपालले अग्रता लियो १-० ले।

त्यही गोललाई अर्को एङ्गलबाट हेर्नुस्-


यही सुरुवाती गोलले नेपाललाई टिकायो। बहराइनका केही डरलाग्दा प्रयासलाई नेपालका गोलकिपर विकेश कुथुले शानदार बचाउ गरे। नेपालको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको साटो खेलेका कुथुलाई नजिकबाट चिन्न यो पढ्नुस्।


  • दोस्रो गोल



नेपालले दोस्रो गोल गर्न ८७ औँ मिनेट कुर्नुपर्‍यो। यो गोल विशाल राईले गरेका भए पनि बहराइनका डिफेन्डरलाई छलाउँदै सटिक पास दिएका थिए उनै अन्जन विष्टले।

अर्को एङ्गलबाट त्यही गोलल हेर्नुस्-




  • तेस्रो गोल



दोस्रो गोलसँगै नेपालको विजय निश्चित झैँ भइसकेको थियो। इन्जुरी टाइम ५ मिनेट थपियो। त्यसको पहिलो मिनेटमा नेपालले फेरि अर्को गोल थप्यो। गोल गरे ह्याट्रिक ब्वाई नवयुग श्रेष्ठले। नवयुगलाई सटिक पास मिलाउने काम भने उनै विमल घर्ती मगरले गरेका थिए।

विमलले आफूलाई आएको पासको बल लिएर घातक ढंगले कुदेको देखेपछि बहराइनका गोलकिपर डि एरियाबाट बाहिर आएर उनलाई रोक्न खोजे। विमल आफै गोल गर्ने लोभमा अलमलिएनन्, बहराइन तीन जना डिफेन्डरसँगै रहेका नवयुग श्रेष्ठलाई सटिक पास दिए जसलाई उनले हेड गरेर पोस्टभित्र छिराइदिए।

हेर्नुस् अर्को एङ्गलमा त्यही गोल-
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z