नेपालले यसरी उचाल्यो ऐतिहासिक उपाधि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
लामो समयसम्म फुटबलमा अन्तर्राष्ट्रिय उपाधि बिहिन भएको नेपालका लागि शुक्रबार ऐतिहासिक क्षण भयो।

सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेयता तेइस वर्षसम्म नेपालले कुनै पनि प्रतियोगितामा उपाधि जितेको आज पहिलो पटक हो। बंगलादेशको बङ्गबन्धु रंगशालमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइनको चुनौती ३-० ले पन्छाउँदै फुटबलमा उपाधि र गोल खडेरी एकै पटक तोडेको छ।

नेपालको ऐतिहासिक जितका लागि बिमल घर्तिमगर, बिशाल राई र नवयुग श्रेष्ठले गोल गरे।

खेलको चौथो मिनेटमै स्ट्राइकर विमल घर्ती मगरले विराज महर्जनको क्रसमा पासमा अञ्जन विष्टले हेड गरेको बललाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

त्यस्तै खेलको ८७ औं मिनेटमा विशाल राईले अञ्जनको पासमा गोल ग। खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै नेपालको जित सुनिश्चित पारे।
यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग) मा सोही मैदानमा जितेको उपाधि बाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको थिएन। त्यसैगरी
अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालले १७ वर्षपछि पहिलो पटक उपाधि जितेको हो। यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।
हेर्नुहोस् तस्विरहरू। तस्विर सौजन्यः एन्फा









###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z