'७ हजार जवान र सिपाही ठूलावडाका घरमा घरेलु कामदार'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौंका सांसद राजन केसीले एआइजी र डिआइजीहरु सहभागी एक कार्यक्रममा घरेलु कामदारका रुपमा नेपाल प्रहरीका जवानहरु राखेको भए आजैबाट हटाउन आग्रह गरेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बुधबार महेन्द्र पुलिस क्लवमा गरेको कार्यक्रममा सभासद केसीले नेपाल प्रहरीका उच्च तह र राजनैतिक नेतृत्वले घरेलु कर्मचारीका नाममा प्रहरी राख्न नपाउने भन्दै राखेको भए तत्काल फिर्ता गर्न प्रहरी अधिकारीहरुसँग आग्रह गरे।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा गरी जवान तहका ७ हजार प्रहरी र सेना ठूला बडाको सेवा गर्न तैनाथ भएको उनले बताए। आइजीपी, प्रधानसेनापति, प्रधानमन्त्री र मन्त्री बनेपछि घरमा घरेलु कामदारका रुपमा प्रहरी राख्ने गरिएको उनले बताए।
यस विषयमा संसदीय समितिहरुमा पनि छलफल भएको र घरेलु कामदारको विववरण रक्षा र गृह मन्त्रालयसँग माग गरिएको उनले बताए । 'अब जवान तथा सिपाहीले ठूला बडाको घरमा खाना पकाउदैन', उनले भने 'तरकारी किन्न पनि बाहिर निस्कदैन् ।'
आवश्यक परे सुरक्षा दिन सकिने तर सुरक्षाका लागि खटिएकाहरुलाई घरेलु काममा लगाउन नमिल्ने उनको तर्क थियो ।
कार्यक्रममा सपना मल्ल प्रधानले सुरक्षा भिआइपी मात्र केन्द्रीत भएको र जनताप्रति केन्द्रीत नभएको आरोप लगाईन् । नेमकिपाका सभासद प्रेम सुवालले प्रहरी प्रभावमा परेर काम गर्न नहुने धारणा राखेका थिए । समाजसेवी जिएन शर्माले काठमाडौंमा भएको कालोबजारी रोक्न प्रहरीले चादेको कदमको स्वागत गरे ।
नले कानुनी दायरामा नआएका फुटसललाई दायरामा ल्याएको भन्दै काठमाडौं प्रहरीको प्रसंशा गरे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला, एआइजी रविन्द्रप्रताप थापाले जनताको शान्ति सुरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्ने बताए । उनीहरुले कार्यक्रमबाट आएका सुझावलाई नीति बनाउन सहज हुने धारणा राखे ।

###
0 comments
Write Down Your Responses