बंगबन्धु विजेता फुटबल टिमलाई प्रधानमन्त्रीको बधाई
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली फुटबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।


शुक्रबार वक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टिमले ऐतिहासिक जीत हासिल गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिएका हुन् ।

बहराइनको यू–२३ टिमलाई ३–० ले हराउँदै नेपाली हात पारेको सफलता ऐतिहासिक भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका उनका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।


उनले उपाधि जिताएकोमा प्रशिक्षकलाई पनि धन्यवाद दिएका छन् । ‘२३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त यो सफलताप्रति नेपाल सरकार र मेरो तर्फबाट बधाई दिन्छु’, उनले भनेका छन्, ‘सरकारको तर्फबाट खेलकुदको प्रवद्र्धनका लागि सदैव सहयोग रहने विश्वास दिलाउने प्रतिबद्धता जनाउँछु ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z