जापानमा आफ्नै पैसा बैंकमा राख्दा पनि ब्याज तिर्नु पर्ने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– जापानमा आर्थिक मन्दी बढेपछि केन्द्रीय बैंकले निक्षेपमा उल्टो ब्याज लिने नीति अख्तियार गरेको छ । यो दर शुन्य दशमलव माइनस १ प्रतिशत हुने केन्द्रीय बैंकले जनाएको छ । यस्तो ब्याज केही निक्षेपहरुमा लाग्ने छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानले यो नीतिका कारण बैंकमा थुप्रेको पैसा बजारमा जान विश्वास लिइएको छ । ऋणात्मक ब्याज दर युरोजोनमा लागु छ तर जापानमा यस्तो नीति पहिलो पटक लागु भएको हो ।
बितेका केही वर्षयता जापानमा आएको मन्दीलाई यो नीतिले सुधार गर्न सक्ने अपेक्षा गरिएको छ ।
जापानको केन्द्रीय बैंक बैंक अफ जापानले आवश्यक देखिएमा ब्याजदर अझै ऋणात्मक बनाउन सक्ने छ । आर्थिक मन्दीलाई २ प्रतिशतमा झार्न केन्द्रीय बैंकले तत्कालका लागि यो कदम उठाएको हो । केही विश्लेषकहरुले ब्याजदर ऋणात्मक बनाउँदैमा मन्दीबाट पार पाउन सक्नेमा शंका व्य क्त गरेका छन् ।
जापान हाल न्यून विन्दुरको मन्दीबाट गुज्रिरहेको छ ।
जापानी जनता र कम्पनीहरुले आफुसँग भएको रुपैयाँ खर्च गर्नुको सट्टा बैंकमा सुरक्षीत गरेका छन् । त्यसरी पैसा राखिएको पैसा बजारमा आउन सकिरहेको छैन । जसका कारण मन्दी कायम छ । बैंकमा पैसा राख्दा उल्टो ब्याज तिर्नु पर्ने भएपछि निक्षेपकर्ताले पैसा झिकेर खर्च गर्ने अनुमान सरकारको छ । मानिसहरुले यसरी पैसा राखेपछि भविष्यमा त्यो पैसाले हालको भन्दा बढी वस्तु वा सेवा खरिद गर्ने अपेक्षा गरेका छन् । तर सरकार भने बैंकको पैसा बाहिर निकाल्न प्रयासरत छ ।

###
0 comments
Write Down Your Responses