नजिकिए प्रचण्ड र मोहन बैद्य, दुवैको जोड पार्टी एकता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्रचण्ड नेतृत्वको एमाओवादी र मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अप्रत्याशित रुपमा नजिकिएका छन्। दुवै माओवादीले राजनीतिक कार्यदिशा, भावी योजना तथा संगठनका मुख्य विषय मिलाएर पार्टी एकता गर्ने भद्र सहमति समेत गरेका छन्। राजधानी दैनिकमा समाचार छ।

न्ेतृत्व र पार्टीको कार्यदिशालाई लिएर झन्डै पानी बाराबारको अवस्थामा रहेका दुई पार्टी र तिनका शीर्ष नेता विगतका विवादित विषयलाई सामान्य रुपमा मिलाएर तत्काल एकीकरणमा जाने अन्तिम तयारीमा छन्। उनीहरु एकअर्काको तारिफ र पार्टीको महत्वपूर्ण बैठकमै एकता एजेन्डामा सकारात्मक छलफल थालेका छन्।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा एउटै मञ्चमा अतिथि रहेका दुवै नेताले कम्युनिस्ट क्रान्तिकारीको एकता ऐतिहासिक आवश्यकता भएको दावी समेत गरेका छन्। बैद्यले दुवैतर्फ एकता आवाज बलियो भइसकेकाले पार्टी एकता आवश्यकता रहेको बताए।

प्रचण्डले कम्युनिष्ट आन्दोलन एकताबद्धघ गर्ने र सही बैचारिक राजनीतिक धरातल टेकेर सच्चा कम्युनिस्टलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका थिए।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z