राजधानीमा युवा संघको विशाल विजयी जुलुस, पहारी भन्छन्- अब भारतको हार सुरु भयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ फागुन । भारतलाई हराउँदै नेपालले २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जितेको खुसीयालीमा युवा संघ नेपालले विजयी जुलुस निकालेको छ ।
मंगलबार दिउँसोबाट सुरु भएको विशाल विजयी र्याली तथा जलुसले राजधानीका विभिन्न ठाउँहरु परिक्रमा गरेको छ । नेपाल जितको पक्षमा नारा लगाउँदै हजारौं युवाहरुले मोटर साइकल तथा हिडेर जुलुसमा सहभागिता जनाएका थिए ।
युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर, माइतीघर मण्डला, न्युरोड, जमल हुँदै सुन्धारामा आएर समापन भएको छ ।
यसअघि विजयी जुलुसको शुभारम्भ गर्दै युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अब भारतको हार सुरु भएको बताए । उनले भने- ‘भारतको हार नेपाल जितको सुरुवात भएको अब हरेक क्षेत्रमा नेपालले जित्नेछ भारतले हार्नेछ ।’
प्रधानमन्त्रीको चट्टानी अडानले नाकाबन्दीमा पनि भारतले हार खाएको दाबी गर्दै उनले मधेस आन्दोलन निस्तेज गर्न युवा संघले सुरु गरेको मधेस जागरण तथा सम्वाद अभियान सफल भएको बताए ।
उनले भने- ‘नाकाबन्दीमा राष्ट्रिय स्वाधिनता जोगाउन हाम्रो र प्रधानमन्त्रीको ठूलो भुमिका छ । जनताको डरले मधेस आन्दोलनका नाइके राजेन्द्र महतोको काठमाडौंबाट भागेर वीरगञ्ज गए । युवा संघ वीरगञ्ज गएपछि त्यहाँबाट भागेर दिल्ली गए । यो हामी सबै स्वाभिमानी नेपालीको जित हो ।’
आसन्न भारत भ्रमणमा जानलागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिँदै अध्यक्ष पहारीले भारतसँग भएका १९५० लगायत सम्पूर्ण असमान सन्धि खारेज गर्न आग्रह गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई पनि परास्त गर्ने उनको विश्वास छ । साथै भारत भ्रमणले नेपालीको स्वाभिमान उचो बनाउने भुमिकामा प्रधानमन्त्री प्रस्तुत हुने उनले दाबी गरे ।
नेपाली फुटबल म्याच फिक्सिङकै कारण पछाडी भएको कुरा पुष्टि भइसकेको भन्दै उनले भने– ‘म्याच फिक्सिङ गर्ने अखिल नेपाल फुटबल संघका पदाधिकारीलाई तुरुन्त कानुनको कटघरामा उभ्याउनुपर्छ । कडा कारवाही हुनुपर्छ ।’
उनले अब नेपालले राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक क्षेत्रमा भारतलाई परास्त गर्नुपर्ने धारणा राखे । यसैगरी युवा संघले नेपाली फुटबल टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप तुरुन्त आवासको व्यवस्था नेपाल सरकारसँग माग गरेको छ । ‘खेलाडीलाई खेल्ने वातावरणका साथै बस्ने छुटै अपार्टमेन्टको व्यवस्था सरकारले गर्नुपर्छ,’ अध्यक्ष पहारीले भने ।

###
0 comments
Write Down Your Responses