‘सबै नाका बन्द नगर्ने भए वीरगन्ज पनि खोलौं’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
‘सबै नाका बन्द नगर्ने भए वीरगन्ज पनि खोलौं’
फोटो :फाइल फोटो
विराटनगर : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशभरका सबै नाका बन्द गर्न नसक्ने भए वीरगञ्ज नाका पनि खोल्नुपर्ने बताएका छन् ।
‘सबै नाका बन्द नगर्ने हो भने वीरगञ्ज नाका खोल्नुपर्छ’, विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले भने, ‘मैले यो प्रस्ताव संयुक्त मधेसी मोचाएको बैठकमा राखेकै हो ।’
महतोकै नेतृत्वमा मधेसी मोर्चाका कार्यकर्ता धर्नामा बसेपछि वीरगन्ज नाका चार महिनादेखि ठप्प रहँदै आएको छ ।
भारतसँग जोडिएका विराटनगर, नेपालगन्ज र भैरहवासहितका अरु ठूला नाका सुचारु रहेकाले वीरगञ्ज मात्र बन्द गर्नुको तुक नरहेको महतोको तर्क छ ।
तस्करीमात्र बढाउन एउटामात्रै नाका बन्द गर्न नहुने उनले बताए । उनले विराटनगर नाका बन्द गराउने नेतृत्व लिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नाकामा केही गर्न नसकेको भन्दै सार्वजनिकरुपमै टिप्पणी गर्दै आएका छन् ।
गत पुस ११ गते जोगवनी नाकामा धर्ना बस्दा प्रहरीसँगको झडपका क्रममा महतो घाइते भएका थिए ।
‘मधेसमा जारी आन्दोलनका विषयमा भारतीय नेताहरु सकारात्मक हुनुहुन्छ’, मोर्चाका नेताहरुको टोली सम्मिलित बिहार भ्रमण सकारात्मक भएको बताउँदे महतोले भने, ‘पहिले पनि सहयोग गर्नु भएकै हो अब पनि सहयोग गर्नुहुन्छ ।’
महतोलले यो भ्रमण अति नै फलदायी भएको बताए । महतो मधेसी मोर्चाका अन्य नेताहरुसँग बिहारमा राष्ट्रिय जनता दलका नेता लालुप्रसाय यादवसहितलाई भेटेर विराटनगर फर्केका हुन् ।

###
0 comments
Write Down Your Responses