जुनदेखि अस्ट्रेलियाका सबै विश्वविद्यालयमा अध्ययनको बाटो खुल्दै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अस्ट्रेलियन अध्यागमन विभागले आगामी जुन २०१६ देखि सिम्प्लिफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क (एसएसभिएफ) कार्यान्वयन गर्ने भएपछि सबै विश्वविद्यालय र कलेजमा अध्ययनका लागि बाटो खुल्ने ।
विद्यार्थीले रोजेका विश्वविद्यालय र कलेजमा भर्ना हुन पाउने बाटो खुला हुनेछ भने सस्तो शुल्क भएका विश्वविद्यालय/कलेजहरूमा पनि प्रवेश पाउनेछन् ।

तपाईंले अस्ट्रेलिया अध्ययनमा जाने चाहना बनाउनुभएको छ ? त्यसो हो भने नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको नयाँ व्यवस्थाले केही फाइदा पुर्‍याउने छ । अस्ट्रेलियन अध्यागमन विभागले आगामी जुन २०१६ देखि अस्ट्रेलियाले एसएसभिएफ व्यवस्था कार्यान्वयनमा ल्याउने भएपछि नेपाली विद्यार्थीलाई समेत राहत हुने भएको हो ।
सिम्प्लिफाइड स्टुडेन्ट भिसा फ्रेमवर्क (एसएसभिएफ)ले अस्ट्रेलियाका सबै विश्वविद्यालय र कलेजमा अध्ययनका लागि बाटो खुल्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव महेशबाबु तिमल्सिनाले बताए । अहिले स्ट्रिमलाइन भिसा प्रोसेसिङ (एसभिपी) कार्यान्वयनमा रहेको छ । एसभिपीमा केही विश्वविद्यालय र कलेजले मात्र आफ्नो आन्तरिक चेकिङ गरेर विद्यार्थी लैजान सक्ने व्यवस्था थियो । जुन महिनादेखि सबै विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थीका लागि पनि प्रवेशको बाटो खुलेको छ । एसएसभिएफले नेपाली विद्यार्थीलाई दुईवटा फाइदा हुने महासचिव तिमल्सिना बताउँछन् । विद्यार्थीले रोजेका विश्वविद्यालय र कलेजमा भर्ना हुन पाउने बाटो खुला हुनेछ भने सस्तो शुल्क भएका विश्वविद्यालय/कलेजहरूमा पनि प्रवेश पाउनेछन् । एसएसभिएफ प्रणालीमा पनि सबै विश्वविद्यालय र कलेजले आफैँले विद्यार्थीको आन्तरिक चेकिङ गरी भर्ना लिन सक्नेछन् ।
एसभिपीमा त्यसमा रजिस्टर्ड विश्वविद्यालय र कलेजले मात्र भर्ना लिन पाउँथे, अब यो बाध्यता हट्ने भएको छ । सबै विश्वविद्यालय/कलेजले मापदण्ड बनाएर भर्ना लिन सक्नेछन् । अहिले भएका र अन्य प्रावधान परिवर्तन भएका छैनन् । अस्ट्रेलियाका शैक्षिक संस्थामा जेन्युन टेम्पोररी इन्ट्रान्स (जिटिई) मापदण्ड पूरा गरेका विद्यार्थीहरूले मात्र भर्ना पाउनेछन् । अहिले विद्यार्थीको जेन्युन टेम्पोररी इन्ट्रान्स (जिटिई) पूरा गर्नुपर्छ । सबै प्रक्रिया पूरा गरेर आवेदन दिएकाहरूको ९० प्रतिशतभन्दा बढी भिसा सफल भएको छ ।
अस्ट्रेलियामा अध्ययनका लागि एक वर्षको १५ देखि २५ लाखसम्म खर्च हुने गरेको छ । त्यहाँ जानेले १५ दिनमा ४० घन्टा काम गर्न पाउँछन् । ब्याचलर गरेकाले दुई वर्षको पिएसडब्लू (पोस्ट स्टडी वर्क ) गर्न पाउँछन् । मास्टर्स गरेकाले दुई वर्षको पिएसडब्लू, रिसर्चमा जानेले तीन वर्षको पिएसडब्लू र पिएचडी गर्नेले चार वर्षको पिएसडब्लू पाउँछन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z