अंग्रेजी छिटो सिक्ने तरिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अंग्रेजी भाषा राम्रो भएका व्यक्तिले रोजगारीका क्रममा धेरै राम्रा अवसर पाउाछन् । यस्ता व्यक्तिले स्वदेशमा मात्र नभई विदेशमा पनि राम्रा जागिर पाउाछन् । तर, कतिपय व्यक्तिको शैक्षिक योग्यता स्नातकोत्तर तहसम्म भए पनि राम्रो अंग्रेजी बोल्न र लेख्न नजान्दा उचित अवसर पाउनबाट वञ्चित हुनसक्छन् । कसरी अंग्रेजी राम्रो बोल्न र लेख्न सकिन्छ ? चूडामणि गौतमले दिएका सुझाब :

अंग्रेजी भाषाको व्याकरणका विषयमा राम्रो दख्खल राख्ने चूडामणि गौतमको नाम धेरै विद्यार्थीलाई कण्ठस्त हुन्छ । नेपालमा अंग्रेजी व्याकरणका विषयमा सबैभन्दा पहिला ०३५ सालमा उनले पुस्तक निकालेका थिए । सो पुस्तकले नै विद्यालय तहदेखि उच्च शिक्षासम्म काम गर्दथ्यो । गौतम अंग्रेजी व्याकरणमा मात्र नभई नेपाली व्याकरणमा पनि उत्तिकै दक्ष मानिन्छन् । शैक्षिक योग्यता बिए, बिएड् भए पनि उच्च शिक्षामा नेपाली र अंग्रेजी दुवै विषय पढेका थिएनन् । नेपाली र अंग्रेजी भाषाको व्याकरणको विषयमा विद्यालय तहदेखि नै रुचि भएकाले स्वाध्ययनले यति गरेको बताउँछन् । प्रायजसो नेपालीलाई अंग्रेजी भाषा बोल्न आउँदैन । अंग्रेजी भाषा बोल्न नआउने भएकाले धेरैजसो नेपाली अंग्रेजी भाषा बोल्ने व्यक्तिलाई विद्वान्का रूपमा लिन्छन् । अंग्रेजी भाषा वास्तवमा एकआपसमा सञ्चार गर्ने माध्यम मात्र हो । अंग्रेजी भाषा बोल्न जान्दैमा सबैमा बौद्धिकता झल्कन्छ भन्न सकिँदैन । अंग्रेजी भाषा फररर बोल्दैमा राम्रो पनि मान्नु हँुदैन । यसरी फररर बोल्दा धेरै गलत पनि हुनसक्छ । भाषा बोल्दा व्याकरणको राम्रो प्रयोग गरेको छ/छैन भन्ने विषयमा ख्याल गर्नुपर्छ । कुनै पनि भाषा सिक्नु भनेको आफैँमा जटिल विषय हो । अर्काको देशको भाषा दोस्रो देशका मान्छेले सजिलै बोल्न कठिन नै हुन्छ । तर, निरन्तर प्रयास गरेमा सजिलै बोल्न सकिन्छ । नेपालीले अंग्ेरजी भाषा बोल्नका लागि सबैभन्दा पहिले त्याग्नुपर्ने संकोच र लाज हो । लाज र धक मानेर अंग्रेजी भाषा बोल्न सिकिँदैन । आफूलाई अंग्रेजी बोल्न जति आउँछ, त्यति बोल्ने प्रयास गर्नुपर्छ । अंग्रेजी भाषा बोल्दा गल्ती भए पनि निरन्तर बोलिरहनुपर्छ । बोल्दै गएमा बिस्तारै राम्रोसँग अंग्रेजी बोल्न सिकिन्छ । अंग्रेजी बोल्दा लामालामा वाक्य प्रयोग गरेर कहिल्यै बोल्नुहुँदैन । अंग्रेजी बोल्दा जहिल्यै पनि एकदमै छोटो वाक्य बनाएर बोल्नुपर्छ । लामा वाक्य बनाएर बोल्दा भाषा बिग्रनसक्छ । विभिन्न कन्सल्टेन्सीमा गएर मात्र भाषा सिक्न सकिँदैन । त्यहाँ पनि बोल्न प्राक्टिस गराउने हो । आफूले अंग्रेजी बोल्न प्रयास नगरेसम्म कन्सल्टेन्सीमा गएर मात्र भाषा सिक्न सकिँदैन । अंग्रेजी भाषा नियमित रूपमा बोल्ने, लेख्ने पढ्ने गर्नुपर्छ । नेपालीले अंग्रेजी भाषा बोल्दा निकै गलत बोल्छन् । अंग्रेजी भाषाको साउन्ड नै बिगारेर बोल्ने गर्दछन् । अंग्रेजी भाषाको साउन्ड सही उच्चारण गर्नुपर्छ । जसले गर्दा अंग्रेजी बोलेको पनि मिठो सुनिने र सबैले बुझ्ने हुन्छ । भाषा भनेको एकआपसमा सञ्चार गर्ने माध्यम मात्र भन्ने गरी बुझ्नुहँुदैन । व्याकरण भनेको भाषाको शृंगार पनि हो । मान्छेले लुगा नलगाउँदा जति नराम्रो देखिन्छ, भाषामा व्याकरण गलत प्रयोग त्यतिकै नराम्रो हुन्छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z