गगन थापा ठीक कि शेरबहादुर, रामचन्द्र र सुजाता ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बहसमा नेपाली कांग्रेसको भावी नेतृत्व
नेपाली कांग्रेस १३ औँ महाधिवेशनको सम्मुखमा छ । उम्मेद्वारको प्यानल घोषणा नभए पनि जित्ने समूहको सम्भावित आँकडा पेस गर्ने प्रयास भइरहेका छन् । फलानो नेतालाई फलानो गुटले सहयोग गर्यो भने जीत सुनिश्चित हुन्छ भन्ने जस्ता विश्लेषणहरु प्रकट भइराखेका छन् ।
गगन थापाको चर्चा
गगन थापाको ‘गनगन’ आफ्नै ठाउँमा छ । उनले कांग्रेसभित्र जे-जस्तो व्यथा व्यहोर्नुपरे पनि बाहिर क्रान्तिकारी छवि बटुलेका छन् । र ‘म वर्षात् पारिदिने गगन हुँ’ भन्दै गड्याङ गुडुङ गर्जेका छन् ।
आफ्नै ससुरा बा, अर्जुननरसिंह केसीसँग महामन्त्रीको चुनावमा प्रतिस्पर्धा गर्नुबाहेक अन्य कुरामा गगनलाई खासै खतरा छैन । उनले अँगालेको विचारप्रति हाम्रा हजारौँ मतभेद हुन सक्छन् । तर, हजारौँ कांग्रेसीजनबाट एकजनाको नाम रोज्नुपर्दा यो पंक्तिकार गगन थापालाई रोज्छ ।
गगनलाई नै किन रोज्छ भने उनी ऊर्जावान् युवा हुन् । यस्तो बकम्फुसे तरिकाबाट मुलुक अगाडि बढ्न सक्दैन भन्ने चेतना उनको मगजमा हलचल गरिरहेछ । कांग्रेसमा उकुस-मुकुसका साथ संगठित भइकन पनि अबको कांग्रेस यस्तो हुनुपर्दछ है भनेर उनी लगायत ऊर्जाशील केही युवा मिलेर प्रकाशन गरेको महाधिवेशन विशेष प्रस्ताव एउटा साहसको कडी हो । यो प्रस्तावमा उनले धेरै कुरा सार्वजनिक गर्ने साहस गरेका छन्, जसले चाकडीबाजीलाई ठूलो धक्का दिएको हुनुपर्छ ।
केही व्यक्तिको दम्भ, महत्त्वाकांक्षाको टकरावलाई सैद्धान्तीकरण गरिदिने र कालान्तरमा त्यसैका कारण पार्टीमा द्वन्द्वको विजारोपण हुने परम्पराले प्रभावशाली नेताहरू पार्टीभित्र छलफल नै नगरेर जस्तोसुकै निर्णय गर्ने अनि आफू अनुकूल व्याख्या गरिदिने परिपाटीले गुटगत राजनीतिलाई बलियो बनाएको र इमानदार कार्यकर्ता दिग्भ्रमित हुनुपरेको यथार्थलाई गगनले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । गुटतन्त्रले जकडिएको कांग्रेस राजनीतिक संगठन होइन कि कुनै रोजीरोटीका लागि सञ्चालित उद्योगमा जस्तै भएको गगनको बुझाइ छ ।
मुलुकको सामाजिक उत्थानमा कांग्रेस प्रभावकारी माध्यम हुनुको सट्टा ‘ब्युरोक्रेटिक कर्मकाण्डी’ हुँदै गएकाले पार्टी जीवनमा अध्ययन र चिन्तन कमजोर हुँदै जाँदा सिर्जनशीलताकै अवसान हुने जोखिमबारे उनले गहिरो विश्लेषण गरेका छन् ।
राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध, युवा परिचालन, रोजगारी सिर्जना, विकास निर्माणको सन्दर्भमा उनले देखाएका चिन्तन जायज छन्, यदि ती कागजी शब्दमा सीमित रहेनन् भने । शासन व्यवस्थामा सर्वसाधारणको पहुँच नहुँदासम्म राजाको पदजस्तै अन्य सबै पद ‘वशंवाद’मा आधारित हुने खतरा रहन्छ ।
गगन थापाको ‘गनगन’ आफ्नै ठाउँमा छ । उनले कांग्रेसभित्र जे-जस्तो व्यथा व्यहोर्नुपरे पनि बाहिर क्रान्तिकारी छवि बटुलेका छन् । र ‘म वर्षात् पारिदिने गगन हुँ’ भन्दै गड्याङ गुडुङ गर्जेका छन्
कुनै पनि किसिमको निर्वाचन र सरकार निर्माणको समय आउँदा कांग्रेस जीवित हुन्छ । तर, जब मुलुक कंगाल हुनुको कारणबारे बहस हुन थाल्छ, तब कांग्रेस मरेतूल्य हुन्छ । यो कुराको गहिरो अनुभूति गगनले गरेका छन् । संस्थापन पक्षको जलप लगाएर उनले जुनी बिताउने कुरा हुँदैन । उनलाई पार्टीले आधिकारिकरुपमा ‘महामन्त्रीको’ उम्मेदवार नबनाएको चर्चा चलेका छन् । पक्कै पनि युवाको क्षमतालाई विस्थापन गरिदिने गुटगत मनस्थितिको पराकाष्ठा हो यो । तर, गगनले हिम्मत नहारी डटेर चुनाव लड्नुपर्छ ।
पौडेल, देउवा, कोइराला र सिटौला
केही दिनअगाडि नेता रामचन्द्र पौडेल भन्दै थिए, ‘स्व. सुशील कोइरालाज्यूले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने जिम्मा अब तपाईंको हो, सम्हाल्नुहोला भनेर जानुभएको छ ।’
पौडेलले नेपालमा परीक्षण हुन बाँकी आफू मात्रै रहेको र त्यसका लागि एकपटक पार्टी र मुलुकको कार्यकारी पदमा पुगेरै छाड्ने तीव्र इच्छा प्रकट गरेका छन् । यही तीव्र इच्छालाई साकार पार्न विगतमा उनले दर्जनौँपटक प्रधानमन्त्रीको असफल दौड गरेका थिए । अब सभापति जितेको खण्डमा प्रधानमन्त्रीका लागि पौडेलको पहलकदमी पुनः दोहिरिने छ ।
अर्का नेता शेरबहादुर देउवाले आफ्नै देवत्वकरण गरेका छन् । लोकवासीले उनको उद्गार बुझुन्-नबुझुन्, उनलाई मतलब छैन । बस् उनी बोलिरहन्छन् । पार्टीको गुटबन्दीलाई जरैदेखि उखलेर सदाका लागि अन्त्य गर्न आफूले सभापति जित्नैपर्ने उनको ठहर छ ।
कोइराला पथका बंशज शक्ति शशांक कोइरालालाई महामन्त्री बनिदिन देउवाले गरेको प्रस्ताव अस्वीकार भएका कारण उनको दौडधुप मत्थर बनेको छ । यद्यपि दिल्लीको गि्रन सिग्नल देउवालाई मिलेको छ । उनलाई सघाउन भाजपाका नेता भगतसिंह कोसियारी काठमाडौं आउँदै छन् ।
जब सुजाता कोइरालाको दाबी लोकवासीको कानमा गुञ्जिन पुग्छ, तब सिक्लेसबाट क. पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याउने इतिहास रचेका कृष्ण सिटौला खिस्स हाँस्छन्
सुजाता कोइरालाको आफ्नै डम्फु छ । अघिल्लो हप्ता ‘रिपोर्टस क्लब’मा सुजातालेे स्व. बुवा गिरिजाप्रसाद कोइराला अलबिदा हुनुभन्दा अगाडि ‘अब बीपीको सपना पूरा गर्न कांग्रेसलाई तिम्रो नेतृत्वको खाँचो छ भनेर जानुभएको छ’ भन्ने वाक्य त उच्चारण गरिनन् तर कोइराला जात हुनुको फोबिया यिनमा निकै देखियो ।
गिरिजाबाबुको गुणगान नगाएको निहुँमा रामशरण महतको उछितो काढेकी सुजाता झोँक चल्दा भावी सभापतिको दाबी गर्छिन् । वैचारिक क्षमता नभए पनि पारिवारिक क्षमता उनमा छ ।
जब सुजाता कोइरालाको दाबी लोकवासीको कानमा गुञ्जिन पुग्छ, तब सिक्लेसबाट क. पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याउने इतिहास रचेका कृष्ण सिटौला खिस्स हाँस्छन् । यिनको हाँसोमा निहीत लक्ष्य लुकेको हुन्छ ।
संविधानसभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री कमल थापाले यिनलाई खुब गाली गरे, तर सिटौलाको हाँसो बदलिएन, हाँसेर जिते । कालो कांग्रेसका सेता-सेता सपना कहिले तरबारसँग उपस्थित हुन्छन्, कहिले दरबारसँग उपस्थित हुन्छन् । जेहोस् यिनीहरू उपस्थित हुन्छन् ।
कांग्रेसको संकुचित धार
मूलभूत रूपमा कांग्रेस कोइराला परिवारको हुकुमी परम्परामा हुर्केको एक जातीय कम्पनी हो । अहिले कांग्रेसको अनेक आयामलाई मिडियासम्म ल्याउने कतिपय शुभेच्छुक भारदारले सशांक कोइरालालाई पार्टी सभापतिको रुपमा प्रचारबाजी गर्नुका पछाडि ‘वंशाणुगत’ विरासतको प्रत्यारोपणले काम गरेको छ ।
यिनीहरूले कांग्रेस भनेकै कोइराला हो र कोइराला भनेकै कांग्रेस हो भन्ठान्छन् । व्यक्तिवादी हुकुमी प्रथाको अन्त्यका निम्ति रोलक्रमअनुसार रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार गराउनुपर्छ भन्ने बहस तिनले गरेनन् ।
राजनीतिमा प्रवेश गरेदेखि अस्पतालको शय्यामा पुग्दासम्म आफ्नो हठ र जिद्धीलाई त्याग गर्नै नचाहने र मुलुकका लागि मैले अहिलेसम्म के, कस्तो योगदान गरे भनेर आत्मसमीक्षा पनि गर्नै नचाहने ‘कन्जरभेटिभ’ धार हाबी हुँदा बाहुल्य पक्ष शक्तिविहीन हुन्छ । संगठनमा बाहुल्य हुनु एउटा कुरा हो, तर हाबी हुने कुरा अर्कै हो । कांग्रेसजनमा नेपाली कांग्रेसको बाहुल्य छ, तर हाबी कोइरालाहरू नै छन् । मुलुक कंगाल हुनुमा वंशीय प्रवृत्तिको ठूलो हात छ । कोइराला वंशले प्रजातन्त्रको आडमा ब्रह्मलुट गरेका छन् ।
नियमित औषधि सेवन गरेर नाति-नातिना खेलाउँदै घरमा आराम गरेर बस्नुपर्ने नेताहरू पत्रकारका अगाडि निकै हौसिन्छन् । युवा नेतृत्व कुनै कुनामा बसेर तिनको दिव्य उपदेश सुनिरहेको हुन्छ । आफूले आजीवन पार्टीमा दिएको योगदानको कदर होस् भन्ने चाहनु एक राजनीतिकर्मीका निम्ति स्वाभाविक हो । तर आफू बाँचुञ्चेलसम्म अरुको विकल्प नै नदेख्नु वा आफूबाहेक अरु पार्टी होइन भन्ने जुन तानाशाही चिन्तन छ, यसले कांग्रेसजनको केही तत्वलाई हित गरे पनि मूलतः यसले नयाँ कसिमको उत्पीडनलाई स्वतः पैदा गरेको हुन्छ ।
२१औँ शताब्दीका युवाको सुनौलो सपनालाई बन्ध्याकरणमा पार्न कांग्रेसलगायत सबै दल उत्तिकै दोषी छन्
२००७ साल यता मुलुकमा अनेक किसिमका विनाश देखा परे, उथलपुथल भए । यसो हुनुमा कांग्रेसको भूमिका ठूलो रह्यो भन्ने यथार्थताको महसुस कांग्रेसजनले कहिल्यै गरेनन् । यो मुलुकको सत्ता सञ्चालनमा धेरैपटक उनीहरू बागडोर सम्हाल्न पुगे, कर्मचारीतन्त्रलाई ‘एकछापे’ बनाए । तर मुलुकको पछ्यौटेपनमा कुनै सुधारका संकेत देखापरेनन् । देशको आर्थिक वृद्धिदर लज्जास्पद छ । सामाजिक विभेद उत्कर्षमा पुग्यो । जातीय, वर्गीय, धार्मिक, भाषिक, भौगोलिक उत्पीडनका समस्यालाई हल गर्न कांग्रेसको संकुचित धार लागेनन् ।
२१ औँ शताब्दीका युवाको सुनौलो सपनालाई बन्ध्याकरणमा पार्न कांग्रेसलगायत सबै दल उत्तिकै दोषी छन् । त्रिभुवन विमानस्थलबाट दिनहुँ बाहिरिने हजारौँ युवा ती कांग्रेस, एमाले, माओवादी वा क, ख, ग कोही होइनन् । ती नेपाल आमाको बेरोजगार छोराछोरी हुन् ।
कतारलाई दुनियाँमा चम्किलो बनाउन सक्ने परिश्रमी युवाका हातलाई काठमाडौं बनाउने अवसर प्राप्त भएकै छैन । आजका युवाले दुनियाँका विकासलाई नजिकबाट नियालेका छन् । तर, तिनको आँखा हामीले ढाकछोप गर्न सक्छौँ भन्ने सोच कांग्रेसको हो ।
युवाको सोच कस्तो हुनुपर्छ ?
कांग्रेसीजनले कांग्रेसको, एमालेजनले एमालेको, माओवादीले माओवादीको अन्धभक्तिगान त्याग गरेमा यो मुलुकको ९० प्रतिशत समस्या आफैँ समाधान हुन्छ । सचेत वर्गले सहीलाई सही र गलतलाई गलत भन्न नसक्दा राजनीतिक वृत्तमा ‘दिनलाई रात र रातलाई दिन’ बनाउने संस्कार स्थापित भइराखेको छ । त्यसैले युवाले कुनै पनि राजनीतिक पार्टीमा सम्भावना बोकेका युवा नेतालाई आलोचनासहितको समर्थन गर्नैपर्छ । यो मुलुकलाई कायापलट गर्नका निम्ति युवाको प्रयोग हुनैपर्छ ।
ती जो कोही युवा हुन्- राप्रपाका, मजदुर किसान पार्टीका, तमलोपाका, सद्भावनाका, चुरे भावरका युवा हुन् वा जनमोर्चाका युवा हुन् । जसले जसको पक्षपोषण गरे पनि यो मुलुकको विकासमा युवालाई सहभागी गराइएन भने मुलुक जीर्ण भग्नावशेष जस्तो हुन्छ, भएकै छ । नेताहरूले विकास गरेनन्, केवल गौरवशाली इतिहास निर्माणको पक्षमा अडिए ।
कांग्रेसको विचारप्रति अनेकौँ बहस हुन सक्छन्, तर विकासको बहस एउटै हुनुपर्दछ । र, त्यसको सुरुवात युवाबाट मात्र सम्भव छ ।
कांग्रेसको इतिहास पढ्यो भने बडो आनन्द आउँछ । यिनले राणासँग लडे, पञ्चायत सखाप पारे, राजा फ्याँके ।
तर, राजनैतिक शक्तिहरूको गौरवशाली इतिहास भएर मात्र पुग्दैन । माओवादीले पनि अबका केही वर्ष गौरवशाली इतिहासको कथा वाचन गरेर आफ्नो पेट भर्नेछन्, भाषण गर्नेछन् । जबसम्म मुलुकका आमयुवा बेरोजगार बनेर कौडीको तलब दरमा विदेशका गल्लीमा भौंतारिन्छन्, जबसम्म यो मुलुकका चेलिबेटी २१ औँ शताब्दीमा दास समान घरेलु कामदारका रुपमा संसारभर बेचिन्छन्, जबसम्म मजदुर किसानले खेती लगाउने समय एकबोरा मलका लागि १० दिन आन्दोलन गर्नुपर्दछ, जबसम्म दुःखी-गरिबका सन्तान स्कुलको अनुहार देख्न पाउँदैनन्, तबसम्म यो मुलुकको समस्या समाधान हुनेवाला छैन ।
राणाकालीन, पञ्चायती शासन र राजतान्त्रिक समयमा भएका विकासभन्दा अझै पछाडि छ मुलुक । मुलुकी शासनको पद्धति त परिवर्तन भयो । तर, जनताको गास, बास र कपासको चाहना पूरा भएको छैन । राजनीतिक परिवर्तनले नागरिकका हक-अधिकार कानुनी रुपमा त स्थापित भए, तर मुलुकले सही नेतृत्वसहितको दिशा नपाउँदा विकासको काम ठप्प बने ।
जुन रुपमा नागरिकका अधिकारलाई कुण्ठित गर्ने काम भएको छ, त्यसले राजनैतिक परिवर्तन केका लागि गरिएको थियो ? चिन्ताबोध गराउँछ ।
त्यसैले यो मुलुकको सबैभन्दा पुरानो र ठूलो पार्टीमा कस्तो विचार बोकेका व्यक्तिको ‘हैकम’ हाबी हुन्छ भन्ने प्रश्नले केवल कांग्रेसीजनका लागि मात्र होइन, फरक विचार अँगालेका जो-कोहीलाई पनि ठूलो अर्थ राख्छ ।
सक्रिय राजनीतिमा नलागेका अन्य सामान्य मानिसको जीवन पद्धतिमा वैचारिक मतभेदको खासै ठूलो महत्त्व रहँदैन, जति राजनीति गर्नेका लागि रहन्छ । कांग्रेसको विचारप्रति अनेकौँ बहस हुन सक्छन्, तर विकासको बहस एउटै हुनुपर्दछ । र, त्यसको सुरुवात युवाबाट मात्र सम्भव छ ।

###
0 comments
Write Down Your Responses