भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई शान्ता चौधरीको कडा चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
देशहित विपरितका सन्धी सम्झौताहरु नगर्न सुझाव
काठमाडौं, ७ फागुन । आजदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व सभासद शान्ता चौधरी नेतृत्वको सकारात्मक अभियानले कडा चेतावनी र सुझाव दिएको छ ।
भारत भ्रमणका क्रममा देशहित विपरितका सन्धी सम्झौताहरु नगर्न र समान आधारमा भारतसँग सम्बन्ध विकास गर्न सकारात्मक अभियानले अपिल समेत गरेको छ ।
अभियानले शुक्रबार एक विज्ञप्ति जारी गरी ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध विकास गर्ने अपेक्षा गरेको छ ।
यस्तो छ विज्ञप्तिः
प्रधानमन्त्री खड्गप्रसाद ओलीको मित्रराष्ट्र भारत भ्रमणलाई सम्पूर्ण नेपाली जनता तथा भारतीय जनताले उत्सुकतापूर्वक हेरिरहेका छन् । सदीयौंदेखि नेपाल र भारत अभिन्न मित्रका रुपमा रहँदै आएका छन् तर पछिल्लो केही समयदेखि मित्रतामा ग्रहण लागेको छ । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी यहाँका कतिपय राजनीतिक शक्तिहरुलाई अगाडि सारेर नाकावन्दी गर्दै आएको थियो । यस्तो परिवेशमा प्रधानमन्त्रीको भारत भ्रमण अझ महत्वको हुन गएको छ ।
भारत दक्षिण एसियाको ठूलो देश मात्र नभएर विश्वशक्ति बन्ने क्रममा रहेको छ । आकारमा ठूलो भएजस्तै व्यवहारमा पनि भारतले आफूलाई ठूलो सावित गर्न सक्नुपर्छ र यो सावित गर्ने मौका प्रधानमन्त्रीको भारत भ्रमण हो । यो मौकालाई दुवै देशले आआफ्नो स्तरमा उपयोग गरोस् भन्ने दुवै देशका जनताको चाहना रहेको दुवै देशका सरकारले मनन गर्नुपर्छ । दुई देशको सम्बन्ध अतितको तिक्तताले नभएर भविष्यको सम्भावनालाई दृष्टिगत गरी अगाडि बढाइनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
प्रजातन्त्र दिवसकै दिन पारेर प्रधानमन्त्रीको भारत भ्रमण हुनुले भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको स्पष्ट छ । विगतका यस्ता उच्च भ्रमणमा नेपालले हासिल गरेका उपलब्धीहरुलाई दृष्टिगत गर्दा नेपाल सधै तल पर्ने गरेको छ । यस्तो भ्रमणले नेपालमा उत्साह त हुन्छ नै, त्यसका साथै चिन्ता पनि हुने गरेको छ । भारतको छिमेकी देशहरुप्रति उदार दृष्टि हुन नसक्नाले यो अवस्था आएको हो । छिमेकीहरुप्रतिको, खासगरी नेपालप्रतिको भारतीय नीति पुनसमीक्षा हुन जरुरी छ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा मित्रराष्ट्र भारतलाई नेपालको तर्फबाट कहिले खतरा थिएन र भविष्यमा पनि हुने छैन भन्ने तथ्यवोध गराउनुपर्छ । भारतले पनि नेपालको आन्तरिक मामिलामा हात हालेर जटिल बनाउने कार्य नगर्ने वचनवद्धता र सो अनुरुपको व्यवहार हुने विश्वाश दिलाउनुपर्छ । नेपाल र भारत यस्ता छिमेकी हुन् जसको विकल्प हुन सक्दैन । यसका साथै नेपाल सार्वभौम र स्वतन्त्र मुलुक हो र राष्ट्रिय हितका लागि हामी जो कसैसँग सम्बन्ध राख्न स्वतन्त्र छौं भन्ने दुवै देशका सरकारले व्यवहारिक रुपमा मनन गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्ण सफलताको कामना गर्दै दुई देशको सम्बन्ध समानतामा आधारित भएर नयाँ र विश्वाशपूर्ण ढंगले अगाडि बढ्न सकोस् भन्ने कामना गर्दछौं । यसका साथै प्रजातन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै सबैमा शुभकामना अर्पण गर्दछौं ।
सकारात्मक अभियानको तर्फबाट
शान्ता चौधरी
सरस्वती सुब्बा
रविराज कार्की
सौरमराज तुलाधर
शुष्मा राई
रञ्जु क्षेत्री
राजकुमार रेग्मी

###
0 comments
Write Down Your Responses