जलविद्युतमा अवरोध भए सेना परिचालनः उर्जामन्त्री रायमाझी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं– उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अवरोध गरिए सेना परिचालन गरेर भए पनि जलविद्युत् आयोजना निर्माण कार्यलाई अगाडि बढाउने बताएका छन्। 'अब जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गर्न सक्दैन।

top1.jpg

nepalipatro-nagarik
अवरोध गर्न खोज्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउँछौं,' उनले भने, 'त्यती गर्दा पनि नभए सेना परिचालन गरेर भए पनि अघि बढाउँछौं।' रिपाेर्टर्स क्लबमा भएकाे कार्यक्रममा बाेल्दै शुक्रबार उनले यस्ताे बताएका हुन्।

मन्त्री रायमाझीले आउँदो वर्ष ऊर्जाको क्षेत्रमा उथलपुथल वर्ष हुने भन्दै एक वर्षभित्र २५० देखि ३०० मेघावाट सौर्य ऊर्जा उत्पादन गर्ने र त्यती नै परिमाणमा भारतबाट बिजुली आयात गरेर जनताले महसुस गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ्ग अन्त्य गर्ने दाबी गरे। उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा शनिबारबाट ८० मेघाबाट विद्युत् आयातको उद्घाटन गर्नुहुन्छ । त्यसपछि एक देखि दुई घण्टा लोडसेडिङ घटाइ यो वर्ष अहिलेको भन्दा लोडसेडिङ्ग बढ्न दिँदैनां ।'

मन्त्री रायमाझीले मुलुकमा उर्जा विकासको लागि प्रधानमन्त्रीको अध्यक्षतामा ऊर्जा संकट निवारण आयोग, उर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय उर्जा संकट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा जिल्ला स्तरीय समिति निर्माण गरेर नियमित सहजीकरण गरिरहने जानकारी दिँदै भने, 'ऊर्जा विकास गरेर मात्रै भएन प्रशारण लाईन पनि चाहियो त्यसका लागि तराई, मध्यपहाडी लोकमार्ग र रिवर बेस ट्रान्सशिसन लाईन अघि बढाउँछौ । योसँगै चीन र बंगलादेशसम्म लाईन विस्तार गर्ने कामलाई पनि अघि बढाउँछौं । काठमाडौंमा पनि ट्रान्समिशन र सब स्टेशनहरु अण्डरग्राउण्ड गर्ने काम अघि बढाउँछांै।'

मन्त्री रायमाझीले विद्युत् विकासका लागि जेनेरेसन, ट्रान्समिसन र ईन्जिनियरिङ्ग सरकारी कम्पनी निर्माण गर्ने योजना सुनाउँदै अब जेनेरेसन कम्पनीमार्फत जलाशाय यूक्त आयोजनहरुको निर्माण र अध्ययन अघि बढाउने र त्यसका लागि ईपीसीएफ, बीटी, बुट, जी टु जी, कम्पनी, प्राधिकरण वा विकास कुनै एक मोडलबाट उत्पादन गने बताए।

उनले भने, 'जुन सम्भव हुन्छ त्यही मोडलमा गएर विद्युत उत्पादन गर्ने हो । ४० देखि ५० प्रतिसत जलासाययूक्त आयोजना, १५ देखि २० प्रतिसत रनअफ दि रिभर, २५ देखि ३० प्रतिसत पीआरओआर र बाँकी बैकल्पिक ऊर्जा उत्पादनको नीति लिन्छौं।' उनले थपे, '१ सय बढी आयोजना सञ्चालनमा छन् । अब सबैको काम एक्सनमा जान्छ । अझै तिब्रताका साथ अघि बढाउन सहजीकरण गर्छौं।'
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z