उपेन्द्र यादवलाई अर्को ठूलो झट्का (प्रमाणसहित) २४ जना केन्द्रीय सदस्यले एकसाथ गरे पार्टी परित्याग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ५ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकपछि अर्को ठूलो झट्का लाग्ने क्रम जारी छ ।
करिब ४ दर्जन जनजाति युवाहरूले उपेन्द्र यादवमाथि स्वेच्छारी गरेको आरोप लगाउंदै पार्टी छाडेको एक महिना नबित्दै २४ जना मधेशी र जनजाति समुदायका दुई दर्जन केन्द्रीय सदस्यहरूले पार्टी छोड्ने घोषणा गरेका छन् ।
पूर्व गृहराज्य मन्त्री रिजवान अन्सारीको नेतृत्वमा मधेशी र जनजाति लगायत दुई दर्जन नेताहरूले विज्ञप्ति जारी गर्दै पार्टी छोड्ने घोषणा गरेका हुन् । उपेन्द्र यादवलाई छोड्ने मध्ये बीर बहादुर लामा, राजकुमार यादव, तोर्सांग शेर्पा, नविन्द्र कुमार तामांग, शम्भु चौधरी, उपेन्द्र शाह लगायतका छन् ।
यो कदमले उपेन्द्रको पार्टी निकै कमजोर बनेको आकलन गरिएको छ । जसले उनलाई पनि कमजोर नेताको रुपमा देखाउनेछ ।
यसैगरी संघीय किसान महासंघका केन्द्रीय महासचिव बुद्धि लामा, सचिव पूर्ण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य प्रेस फोरम अफरोज अन्सारी पनि पार्टी छोडने विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
यी सबैले उपेन्द्र यादवमाथि निरंकुश शैलीमा पार्टी संचालन गरेको, पार्टीको विधानबाट पूर्ण समावेशी समानुपातिक व्यवस्था हटाई दोहरो चरित्र देखाएको आरोप लगाउंदै संघीय नव विचार समूह पनि गठन गरेको छ ।



###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z