भैरहवाको जनसागरबीच जब प्रधानमन्त्री ओली गर्जिए (फोटो फिचरसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हल्लाको पछि नलाग्न मधेसी जनतालाई सुझाव
भैरहवा, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले जे बोल्छ त्यही गर्ने दाबी गरेका छन् ।
जनताको संविधान जनताकै माझमा भन्दै एमाले लुम्बिनीले शुक्रबार भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘म सरकारमा आएपछि जत्ति घोषणा गरेको छु ती पुरा हुने चरणमा छन् । विगतमा मैले तुईनलाई झोलुंगे पुलले विस्थापीत गर्ने बताएका थिए अब डेढ वर्ष भित्रमा सबै तुइन हट्छन् । म त भन्छु, भोली छोरा नातीलाई नेपालमा तुईन पनि थियो भने देखाउनु पर्ला बरु फोटो खिचेर राख्नुस’ प्रधानमन्त्री ओलीले रंगशालामा उपस्थित लाखौ जनतालाई दखेरे उत्साहित हुँदै भने– ‘मैले बोलेका कुरालाई केही पढे लेखेकाहरुले बंगाउने गरेका छन् तर म गर्ने मान्छे, यो सरकारमा देखिने गरि काम गर्दैछु । विगतका वर्षमा जस्तो होइन की १०५ वर्षदेखी वर्षेनी जम्मा २ मेगावट विद्युत उत्पादन गर्ने । हामी हजारौ मेगावट विद्युत उत्पादन गरेर नेपाललाई १ वर्ष भित्र लोडसेडिंग मुक्त बनाउने छौं ।’
प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासमा प्रा.टांगेको गुरु योजना र प्रा.क्वाकको योजनालाई अगाडी बढाई आगमी तीन वर्ष भित्र लुम्बिनी विश्व पर्यटकको मुख्य केन्द्र बनाउने उद्घोष समेत गरे । उनले भने अबको ३ वर्षभित्र लुम्बिनी विश्वको एक नम्बर पर्यटक केन्द्र बन्छ । प्रधानमन्त्रीले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाइ दिर्घकालिन विमानस्थलको रुपमा विकास गर्न अझै १ सय ४० विगाह जग्गा अधिग्रहण गदै नमुना विमानस्थल बनाउने बताए ।
प्रधानमन्त्री ओलीले १५ वर्षभित्र तराईको सबै क्षेत्र सिंचीत हुने समेत जनाए । ओलीले काठमाण्डौं पोखरा लुम्बिनी रेल वे सन्चालन गर्न सरकारले सोच बनाएको पनि जानकारी दिए । ओलीले भ्रष्टचार सह्य नहुने र विकास सपना नभएर यथार्त भएको जनाउदै सरकारको काम तिब्र गतिमा बढ्ने पनि जनाए ।
Prime Minister Oli Bhairahawa
एमाले अध्यक्ष समेत रहेका ओलीले सरकार कसैको टेकोबाट नबनेको दाबी ठट्यौली पारामा भने ‘यो सरकार गाई र त्रिशुलको खेलबाट बनेको होईन ताकी सरकारलाई मन लाग्दा ढाल्ने र मन लाग्दा बनाउने होस् । यो त एमालेको जनधार र जनताको अभिमतबाट बनेको हो । महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउँछ । वेतुकको आन्दोलन गर्दागर्दै थाकेका मधेसीहरु पनि आउंछन्’ प्रधानमन्त्री ओलीले ६ महिना लामो आन्दोलनबाट मधेसी दलहरु थकित भइसकेको जनाएका थिए ।
प्रधानमन्त्री ओलीले मधेसी दलहरु एमालेको विचार संग आत्तिएको जनाउदै हतार हतारमा बन्द आहवन गरेर विचलीत मानसिकता देखाएको जनाए । उनले मधेसवादी दललाई इंगित गर्दै भने “ झोला किन्देऊ भने किन्दीया ।हात्ति किन्देऊ भने त्यो पनि किनिदियो अनी झोलामा हात्ति राख्देऊ भने झै पुर्व महोत्तरीको मान्छे जसलाई तानसेन, बुटवल कहां पर्छ त्यसले रुपन्देही बुटवल अगल गर्नुपर्छ, गर्नुहुन्न भन्नु, अडान राख्नु कस्तो बुद्धिमता हो ?
प्रधानमन्त्री ओलीले आफ्नै उखान टुक्काको शैलीमा सीमापारी भात खाएर आउने अनी आफ्नै चुल्होमा ग्यास आउन नदिने, खाद्यान्न ल्याउन नदिने अनी राष्ट्रियताको खोक्रो बखान गर्ने हरे यस्तो पनि बुद्धि । भनेर भनीरहदा जनताको तालीले भैरहवा गडगडाहट भएको थियो ।
प्रधानमन्त्री ओलीले आफुलाई भारतीय सरकारले राम्रो सम्मान गरेको जनाउदैं भारतले नेपाललाई बराबरीको नजरबाट हेरेको जनाउदै भने भारतले संविधानलाई स्वागत गरेको समेत बताए । ओलीले नेपाल भारत समयको आवश्यक्ता अनुसार सधैभरी मित्रततामा बाधिंने पनि बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वले नेपालको संविधान उत्कृट भएको जनाउदै भने हामीले विश्वका सबै कुटनीतिक नियोगका प्रमुखलाई बोलाएर संविधान अध्ययन गर्न दियौं र भन्यौ यसमा के कमी छ भन्नुस तर सबैले भने केही कमी छैन सबै नेपालीको अधिकार ग्यारेन्टी गरिएको छ ।
सभामा एमाले महासचिव इश्वर पोखरेलले तराईमा भ्रमको जालो फिजाईएको भन्दै भ्रमलाई चिर्न जरुरी रहेको बताए । महासचिव पोखरेलले मुलुकमा २ कित्ता रहेको जनाउदै भने “एउटा कित्ता राष्ट्रिय स्वाभीमानको पक्षमा छ भने अर्को कित्ता पराधिनता तफृ छ । हामी त्यस्ता पराधिन मानसिकता भएकाहरुलाई चिर्दै अगाडी बढ्नु जरुरी छ ।
Prime minister Kp Oli (1)
जनसभालाई सम्बोधन गर्दै एमाले उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले ७० वर्षको संघर्षको परिणाम स्वरुप नेपालमा नयां संविधान आएको जनाउदै संविधान घोषणा गर्नमा एमाले जसरी दृढ संकल्पका साथ उभीयो त्यसरी नै कार्यन्वयनमा पनि उभिने बताए । अर्का उपमहासचिव घनश्याम भुसालले अहिलेको संविधान विश्वकै सर्वोत्कृष्ट भएको दाबी गदै मधेसवादी दलहरुले मधेसका जनतालाई संविधान अध्ययन गर्नबाट बन्चित गराएको तर्क गदै भने “संविधान पढेपछि तराई मधेसका जनताले ती नेता भनाउदाहरुलाइ लखेट्ने हुदां उनीहरुले यो पढ्नै दिएका छैनन । किनकी यो संविधान कायन्वयन भएको ३ वर्षमा नेपालमा कोही बेरोजगार हुनुपर्दैन । मान्छे अशिक्षीत हुन्न। गास बास कपास ग्यारेन्टी गरिएको छ । त्यो भयो भने तराईका सामन्त पत्ता साफ हुने डरले भ्रम पैदा गरिरहेका छन् ।”
Prime minister Oli Bhairahawama (11)
पार्टिका सचिव पृथ्वी सुब्बा गुरुंगले अहिलेको संविधान सबैभन्दा लोकतान्त्रिक र समावेशी भएको जनाउदैं अर्नगल र भ्रमपुर्ण प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे । पार्टिका स्थायी कमिटी सदस्य तथा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले मुठ्ठीभर निरंकुशतावादी तत्वले सिंगो मुलुकलाई बन्दीगृहमा परिणत गर्न खोजेको दाबी गर्दै तराईमा मधेसी दलका नेताले फासीवादीतन्त्र चलाउन खोजेको आरोप लगाए । मन्त्री मण्डले भने “तथाकथीत जमिन्दारले सोझासाझा मजदुरको ज्यान लिने काम गरेका छन् । म पनि सप्तरीको मधेसी मुलको नेपाली हो । मैले दशर्कौ राजनितीमा विताइरहेको छु मलाई कहिं विभेद भएको अनुभुति गरेको छैन ।” एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री छविलाल विश्वकर्माले विश्वका ४२ देशका संविधान संविधान सभाले बनाएको हो । ती मध्ये नेपालको उत्कृष्ट छ अब संवैधानिक अधिकार सबैको स्थापीत भईसक्यो अब समताकोलागी व्यवहारीक काममा अगाडी बढ्नु पर्छ भन्ने कुरा बताए ।
पुर्व मन्त्री राधा ज्ञवालीले जनतालाई भड्काएर संविधानको विरोध गर्नुको तुक नभएको जनाइन भने एमाले केन्द्रिय सदस्य तथा लुम्बिनी इन्चार्ज बैजनाथ चौधरीले संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताए । सभामा एमाले रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठले स्वागत गदै लुम्बिनीको विकासको प्रस्तावित खाका प्रस्तुत गर्दै लुम्बिनीको प्रान्तीय राजधानी रुपन्देही बनाउने प्रस्ताव गरेका थिए । जनसभामा मन्त्री सोमप्रसाद पाण्डे, पुर्व सभासद नेत्र पन्थी, सांसदहरु आदित्यनारायण कसौधन, सिन्धु जलेसा, पुर्व मन्त्री दलबहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।
सभामा लुम्बिनी अन्चलका ६ वटै जिल्लाबाट गरी करिब एक लाख मान्छे आएको एमालेले दाबी गरेको छ । सभाले जनताको संविधान जनताको घरघरमा पुराउन मद्धत पुराउने विश्वास एमाले केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले व्यक्त गरेका छन् ।

###
0 comments
Write Down Your Responses