असईलाई एम्बुलेन्सबाट थुतेर ‘मार्ने’ मधेसी ‘नेता’ ठाकुरसहित ३ पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
महोत्तरी, मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या अभियोगमा प्रहरीले तीन मधेसी आन्दोलनकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर ३ का संजयकुमार साह, जलेश्वर २ का प्रदिप साह र फुल्हट्टा पर्कौली ३ का मोहन ठाकुर रहेका छन् । उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
शनिबार तिनै जनालाई जलेश्वरबाटै पक्राउ गरेको महोत्तरीका एसपी जनक भट्टराईले बताए । उनले सशस्त्रका सहायक निरिक्षक विकलाई मधेस आन्दोलनको क्रममा भदौ २५ गते एम्बुलेन्सबाट निकालेर लखेटी लखेटी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको दावी गरे ।
विकको हत्यामा अन्य केहि व्यक्ति पनि संलग्न रहेको र उनीहरु फरार रहेकोले खोजी भईरहेको पनि एसपी भट्टराईले बताए । शस्त्रका प्रहरी नायव निरीक्षक विक बाँकेको नेपालगञ्ज घर भई महोत्तरीको जलेश्वरमा कार्यरत कार्यरत थिए ।
यता, पक्राउ परेकाहरु उक्त घटनामा संलग्न नरहेको स्थानीय मधेसी नेताहरुको दाबी छ ।

###
0 comments
Write Down Your Responses