नेपालले स्वर्ण जित्नुको ६ कारण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पूर्व जर्सी नम्बर ६ राजुकाजी शाक्यको प्रशिक्षणमा नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेको छ । नेपालले उपाधी जित्नुका ६ कारण के के हुन सक्लान् :


  • नवयुगकोे सनसनी

नेपालका नवयुग श्रेष्ठ त्यति मार्क गरिएका खेलाडी थिएनन् । जुमानु राई र अनिल गुरुङको बढ्दो उमेरका कारण नेपाली टोलीलाई भरपर्दा स्टाइकरको खाँचो थियो । विमल घर्तीमगर स्ट्यान्ड बाई थिए । तर यसपटक नवयुग श्रेष्ठले विमलको ख्यातीलाई समेतपछि छाडे । अब, नेपालबाट गोल खान्ने स्टाइकरको खाँचो नवयुग श्रेष्ठ र विमल घर्तीमगरले पूरा गर्नेछन् । यसअघि बंगबन्धु गोल्डकपमा ४ गोल गरेका नवयुगले यस प्रतियोगितामा ७ गोल गरे । उनले भुटान र माल्दिभ्स विरुद्ध ह्याटिक गरे अनि फाइनलमा पनि समर्थकहरुको अपेक्षा पूरा गर्दै निर्णायक गोल गरे । आर्मी क्लबमा मेघराज केसी प्रशिक्षक भएर आएपछि नवयुगले क्लबका प्रमुख खेलाडी तथा कप्तान भरत खवासको भन्दा पनि राम्रो खेले । उनी राष्टिय लिगमा समेत सर्वाधिक गोलकर्ता थिए ।


  • युवा खेलाडीको वचश्र्व

केही महिनाअघि काठमाडौँमै सम्पन्न यू–१९ साफ च्याम्पियनसिपमा नेपालको युवा टोलीले फाइनलमा भारतलाई नै हराएर उपाधी जितेको थियो । त्यतिबेला टोलीमा रहेका अनन्त तामाङ, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुनिल बल, अन्जन विस्ट र विमल घर्तीमगर अहिले नेपाललाई
स्वण जिताउने टोलीमा छन् । उनीहरुबाहेक टोलीका अन्य खेलाडीको उमेर पनि त्यति धेरै छैन् ।nepal


  • अनुभवी प्रशिक्षक

नेपाली प्रशिक्षकले ठूला प्रतियोगितामा टोली सम्हाल्न सक्दैनन् भनिन्छ । तर महत्वपूर्ण समयमा नेपाली प्रशिक्षकले नै टोलीलाई उपाधी जिताएका छन् । १९९३ मा नेपाली टोली धनबहादुर बस्नेतको प्रशिक्षणमा थियो । त्यतिबेला कप्तान रहेका राजुकाजी शाक्य यसपटक नेपाली टोलीको प्रशिक्षक रहे । उनी १९८४ मा पनि नेपालले दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । नेपालका लागि पहिलो अन्तर्राष्टिय फुटबल म्याच खेल्ने टोलीका सदस्य राजुकाजी नेपाली फुटबललाई नजिकबाट बुझेका व्यक्ति हुन् । संकटको घडीमा नेपाली फुटबललाइ उतार्न उनको महत्वपूर्ण भूमिका रहदैँ आएको छ । १९९३ मा पनि स्टार खेलाडी गणेश थापा टोलीमा नपर्दा उनले आफ्नै कप्तानीमा नेपाललाई उपाधीतर्फ डोहोर्याका थिए । गणेश थापासँग राम्रो सम्बन्ध भएका राजुकाजीले संयोगवस् यसपटक गणेश थापा १० वर्षको प्रतिबन्धमा परेपछि फेरि नेपाललाइ उपाधी जिताएर नेपाली फुटबलको भविष्य उज्वल रहेको प्रमाणित गरे । ५५ वर्षका शाक्यले खेलाडी र प्रशिक्षक समेतको भूमिकामा रहेर झन्डै ४० वर्ष उनले नेपाली फुटबलमा बिताइसके ।


  • युवा कप्तान

नेपाली टोलीका कप्तान विराज महर्जन अनुभवी खेलाडी हुन् । तर उनको उमेर त्यति धेरै भने छैन् ।  पूर्व कप्तान सागर थापा र पूर्व उपकप्तान सन्दीप राई म्याच फिक्सिंग प्रकरणमा परेपछि नेपाली टोलीको डिफेन्स कमजोर हुन्छ कि भन्ने आशंका धेरैमा थियो ।  अहिले विराजको कमाण्डमा अन्य डिष्फेन्डरहरुले राम्रो खेल्दै त्यो आशंकालाई पनि चिरेका छन् । वंगबन्धु गोल्डकप र सागमा स्व्र्ण जिताएका विराज अब लामो समय नेपालको कप्तान हुनेमा सन्देह नहोला । नेपालका गोलकिपर विकेश कुथु , मिडफिल्डर विशाल राई, विक्रम लामा, प्रकाश बुढाथोकी र अन्जन विस्ट तथा विमल घतीमगरको प्रदर्शन पनि प्रतियोगितामा उत्कृष्ट रह्यो ।


  • दबाब थिएन

घरेलु मैदानमा भारतलाई जति दबाब थियो । त्यति दबाब नेपाली टोलीलाई थिएन किनकी नेपाली फुटबल पछिल्लो समय संक्रमणबाट गुज्रिएको छ । अझै, नेपालका ५ खेलाडीहरु म्याच फिक्सिंग प्रकरणमा परेपछि घरेलु समर्थकहरु फुटबलबाट टाढिन थालेका थिए । त्यसैले फुटबलबाट दशर्कहरुको अपेक्षा घट्दै जाँदा खेलाडीहरुलाई पनि विगतको जस्तो दबाबको भारी थिएन । तर, अफ्टेरो परिस्थितीमा नेपाली टोलीले मिठो जीत आत्मसात् गर्यो ।


  • पदकको खडेरी

सन् १९९३ मा नेपालले प’रै दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन बनेर फर्कनुपर्ने खतरा रहेका बेला फुटबलतफ एकमात्रै स्वर्ण जितेको थियो । त्यतिबेला नेपालले फाइनलमा भारतलाई नै हराएको थियो । यसपटक पनि अहिलेसम्म नेपालले प्रतियोगितामा केवल २ स्वर्णमात्रै जितेको अवस्थामा पुरुष फुटबलले अर्को स्वर्ण थप्दै स्वर्णसंख्या ३ पुर्याएको छ ।


  • नेपाली टिम

गोलकिपर : विकेश कूथू , एलान न्यौपाने र अमृत चौधरी
डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, दिनेश राजवंशी, मानबहादूर तामाङ, कमल श्रेष्ठ
मिडफिल्ड : विक्रम लामा, विशाल राई, हेमन गु्रुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी
फरवार्ड : अन्जन विस्ट, विमल घर्तीमगर, नवयूग श्रेष्ठ, रन्जन विस्ट, सुनिल बल, सुनिल लामा

२३ वर्षपछि साग फुटबलको उपाधि जित्दा नेपालले यसरी हरायो भारतलार्इ (भिडियो)
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z