यसरी बैठकमै भक्कानिइन् प्रचण्डकी बुहारी !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ’
माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रभा बोगटीसँग सम्बन्ध छुटेपछि सीता दाहाल आफैंले राजेर माइती कास्की, हेमजाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् । तर पति प्रकाशले अखिल नेतृ बिना मगरलाई तेस्री पत्नी बनाएपछि उनी एक्लो छोरासहित केही वर्षदेखि माइतीमै बस्दै आएकी छन् ।
उक्त बैठकमा पूर्व सांसद दुर्गा विकले समेत भक्कानिँदै सिर्जनाको पक्षमा केही कुरा राखेकी थिइन् । उनको भनाई थियो, ‘पार्टीमा हाम्रै साथीहरुमाथि यस्तो घोर अन्याय छ भने हामीले न्या खोज्न कहाँ जाने रु यो पार्टीमा लाग्नुपर्छ भनेर कसलाई सम्झाउने रु’
जनमोर्चाबाट माओवादी बन्न पुगेकी निर्मला सुवेदी ‘क्रान्ति’को पनि यस्तो धारणा थियो । बहुविवाहको मुद्दामा पीडितलाई न्याय दिलाउन जिल्ला प्रहरी कार्यालय पुग्दाको एउटा ।।सापो।। घटना स्मरण गर्दै उनले भनिन्, ‘छँदा, खाँदाकी पत्नीमाथि सौता हाल्ने केटोलाई मैले त्यही गालामा चड्काएँ । तर उसले तत्काल तिम्रै पार्टी अध्यक्षको घरमा कस्तो छ त्यो पहिला हेर अनि मात्र हामीलाई अर्ति बुद्धि दिन आऊ । तिम्रा नेताका छोराले स्वास्नी फेर्दै हिँड्न हुने, हामीलाई चाहिँ तिम्ले सिकाउने रु भन्दै प्रतिवाद गर्यो ।’जनआस्था साप्ताहिकमा खबर छ ।
रुँदै रुदै एउटी नारीको पीरमर्का पोख्ने यी महिला नेतृहरुलाई ४ नम्बर प्रदेश इञ्चार्ज डिलाराम आचार्य र जिल्ला सचिव हरि अधिकारी कुमारले थामथुम पार्दै भने, ‘डिएनए परीक्षण गरिरहनु परेन । हामी यो कुरा माथि पुर्याउँछौं र समस्या समाधानको कोशिश गर्छौं ।’ तर आज १ महिना बितिसक्दा पनि नेताहरुको आश्वासन तोलाको बचन खोलामा भन्दा एक इञ्च पनि फरक देखिएको छैन ।

###
0 comments
Write Down Your Responses