स्वर्ण जित्नेलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाल्गुन ५, २०७२- सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

साग विजेता खेलाडीलाई स्वागत/सम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे । ‘पहिले नै २ लाख दिने घोषणा गरेको थिएँ,’ सम्मानपछि कान्तिपुरसित मन्त्री मण्डलले भने, ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर अरु तीन लाख थपेर ५ लाख दिने निर्णय भएको छ ।’

मन्त्री मण्डलका अनुसार स्वर्ण जित्ने सबै फुटबल खेलाडी तथा अफिसियलसहित व्यक्तिगत स्वर्ण जित्ने अरु दुई खेलाडीलाई सरकारले ५ लाख दिनेछ ।

नेपालले फुटबलसहित जुडो र उसुमा स्वर्ण जितेको छ ।

मन्त्री मण्डलले तयारीका हिसावले सन्तोषजनक नतिजा आए पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले अझै राम्रो प्रदर्शन गर्ने सम्भावना देखेको बताए । ‘हामीसँग समस्या पनि छन्,’ साग अवधिभर भारतमा बसेर फर्किएका मन्त्री मण्डलले भने, ‘तयारी र सुधार सँगसँगै गर्न जरुरी छ ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z