पितृ प्रसाद बेचेर कसरी खुसी हुन्छन् पितृ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पितृ प्रसाद बेचेर कसरी खुसी हुन्छन् पितृ ?
-
हो, उसले आमा मार्यो । अन्जानमा मार्यो वा जानाजान मार्यो तर त्यसले आमा मारेकै हो । उ आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्यायो । आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भने ढाँट्यो र मन्द विष पिलाएर मार्यो । गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत छ ।
काठमाडौंमा उसको ठूलो घर थियो । घरमा आमाका लागि कुनै असुविधा थिएन । छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन । ऊ आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन् ।
बुहारी बिहान ७ बजे काममा जान्थिन् । छोरो बेलुका ९ बजे फर्कन्थ्यो । नाति–नातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी र गेममा भुल्थे । वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो । बोलचाल गर्ने मान्छे छैनन् । भित्तालाई सुनाउने कुरा भएन । डुले त्यही घर तल र माथि घुम्ने हो । घुमे उही कोठा भित्र र बाहिर गर्ने हो ।
एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, जुन दिन छोराले गाउँको सबै घरजग्गा बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो । धेरै अनुरोध गरें । दिदीबहिनीहरू यतै छन् । फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् । यही माटोमा मैले ५० वर्ष बिताएँ । अब मलाई यहीं मर्न देऊ । सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु । तिमेरुलाई दु:ख दिन्नँ । बिन्ती, यो एउटा घर र एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए ।
आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो । छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो । तपाईंलाई यहाँभन्दा काठमाडांैमा सुख हुन्छ । मर्ने बेलामा किन निहुँ खोजिरहनु ? छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन । पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् । आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमाडांै पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो ।
हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति र आनन्द निम्नस्तरको पनि थिएन । एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् । मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नाति–नातिना थिए, अम्बक देऊ न आमै भनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् । फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन । प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन । आमाको बिमारी बिस्तारै बढ्न थाल्यो
निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि । म ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे न । नाति–नातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ । दसैं–तिहारमा तिमीहरू पनि आइहाल्छौं । म पनि कहिलेकाहीं काठमाण्डु आउँदै–जाँदै गरौंला । दिदी–बैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए । त्यो एक कठ्ठा जग्गा र घरचाहिं फिर्ता लिऊँ बाबु । आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु:ख दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु न ।
छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो । वल्लो घर, पल्लो घर, टोल–छिमेक, खेत–बारी, कुटो–कोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन । अलि–अलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो । छोरा–बुहारीले पठाइदिएको १०–२० हजारले राम्रै खर्च चल्थ्यो । भर–अभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन ।
आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्यो । औषधीका कारण शरीर कमजोर हुँदै गयो । कमजोर शरीरले कलेजो र किड्नीलाई हान्यो । सुगर बढ्यो, प्रेसरले समात्यो । आमा कोठामा साँघुरिइन् । एकोहोरो टोलाउँथिन् । रुन खोज्थिन्, आँसु आउँदैनथे । डाक्टरले केस सिरियस भएको र अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमाडांैको घरबाट कोठामा साँघुरिएको थियो ।
एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् । उसले दिदीलाई प्लेनबाट काठमाडांै बोलायो । किनभने उनीहरू (श्रीमान्–श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो । मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया गए । सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमाडांै उडे । त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, सोझै आर्यघाट आउनु ।
आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि ऊ मलाई अँगालो मार्दै भक्कानियो । मैले सान्त्वना दिएँ— नरो यार, सृष्टिको नियम नै यही हो । उसले भन्यो, तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो । सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, म मातृहत्यारा हुँ । मैले सझाएँ, अब ग्लानि गरेर केही हुँदैन । यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् । सबैले बुझून्— पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन् ।

###
0 comments
Write Down Your Responses