कुनै 'मृत्यु पथ' भन्दा कम छैन अमेरिका प्रवेश
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एक 'इलिगल' मेक्सिकनको कथा
उसो त अमेरिका र छिमेकी मुलुक मेक्सिकोको सिमानामा हजारौँ सुरक्षाकर्मी आधुनिक हातहतियार र उपकरणसहित चौबिसै घण्टा तैनाथ छन्, सयौ किलोमिटर लामो पर्खाल पनि छ, तर सपनाको खोजी गर्ने होजे क़्वान्तिरो र अन्य हजारौँ होजेहरुलाई कुनै सिमानाले रोक्न सक्दैन।
अमेरिका प्रवेश पाउनका लागि आवश्यक कानुनी प्रक्रिया बाहिरबाट नै मेक्सिकोमा बर्सेनी हजारौँ आप्रबासीहरु प्रवेश गर्छन्, तिनीहरू मध्यकै एक होजे क़्वान्तिरो पनि दुई महिनाअघि मात्र अमेरिका छिरे।
चार वर्षकी छोरी नावोमी र श्रीमती आइडेंनलाई मेक्सिकोको पुएब्ला नगरमा छोडेर सुनौलो भविष्यको खोजीमा निस्किएका होजेको अमेरिकासम्म पुग्ने यात्रा भने कुनै 'मृत्यु पथ' भन्दा कम थिएन।
'हाम्रो टोलीमा १० जना थियौं, एकजना साथी अगाडिको बाटो सुरक्षित भएको नभएको हेर्नलाई भनेर केही मिनेट एक्लै आगाडि बढ्यो तर फर्केर आउने बेलामा जङ्गलको झाडीमा बाटो बिर्सेर हरायो' आफ्नो यात्रा स्मरण गर्दा होजेका शरीरका रौंहरु जिरिङ्ग भएर ठाडा भए। 'हामी पनि केही दिनसम्म लुकेर जङ्गलमै बस्यौ, पाँचौ दिनमा त्यो साथीको लास देखेर थाहा भयो, होजेले एक श्वासमा सक्काए।'
आफ्नो मुलुकमा सैन्य सेवामा जागिर पाएको एक वर्षपछि होजे सन् २००९ मा पहिलो पटक अमेरिका आएका थिए। तीन वर्षको बसाइपछि उनका बुबाको स्वास्थ्य खराब भएको खबर आयो र उनी सबै छोडेर मेक्सिको फिर्ता गए। एक असल छोराले गर्नु पर्ने आफ्नो निर्वाह पुरा गर्ने क्रममा होजेले जोगाएको धन त नासियो तर 'बुबालाई सन्चो भयो' अनि होजेलाई त्यसैमा खुसी मिलेको छ।
सरकारी जागिरले आफ्ना आवश्यकता पुरा नहुने देखेपछि होजे दोस्रो पटक अमेरिका आउन तयार भए। पहिलो पटक पनि बिना कागजात अमेरिका छिरेका होजेलाई यो पाला पनि 'एजेन्टको सहयोगमा अधिकारीहरूको आखाँ छल्दै आउने निधो भयो र आठ हजार अमेरिकी डलरमा 'डिल' पक्का भयो।
होजेले अमेरिका छिरेको कथा भनिरहँदा मेक्सिकोबाट अमेरिका आउन त 'पानी-पधेरो' झैँ लाग्ला तर 'यात्रा सजिलो छैन, मृत्यु'को मुखबाट आएझै हो' होजेले भने।
गृह नगर पुयेब्लाबाट अमेरिकाको टेक्सस राज्यस्थित लारेदो नगरसम्मको यात्रा गर्न होजेलाई झन्डै दुई महिना बढी लाग्यो। होजे भन्छन्-कुरा समयको मात्र होइन, बाटोमा आइपर्ने अरू समस्या, भोक-भोकै र पानी समेत नखाएर केही दिनसम्म झाडीहरूमा लुकेर बस्नु पर्ने बाध्यता, लागू पदार्थको कारोबार गर्ने दलालको भय लगायत कारणले यो कुनै मृत्यु पथभन्दा कम छैन।'
टेक्सस र मेक्सिकोको सिमानामा पर्ने लारेदो सहर ग्रांदे रियो नदीसँग जोडिएकाले नदी पार गरेर गैरकानुनी अमेरिका छिर्नेहरुका लागि एक आकर्षित क्षेत्र मानिन्छ। दुई देशबीच प्राकृतिक सिमाको काम गर्ने १९८६ माइल लामो ग्रांदे रियो नदीमा केही ठाउँहरू छन् जँहा नदी पार गर्न पौडन वा कुनै डुङ्गाको पनि आवश्यक पर्दैन। होजे र उनका अन्य साथीहरू पनि हिंडेर नै नदी पार गरेको होजेले बताए।
सपनाको खोजी गर्दै अन्य हजारौँ आप्रबासीको भिडमा सामेल होजेको कथा जति कारुणिक छ,त्यो भन्दा पनि बढी उनको विश्वास र साहस छ। 'यो भूमिमा दुख गर्यो भने हुन्छ, मेहनत गर्यो भने चाहेको सबै पाइन्छ' बारी खन्दै गरेको कोदालो बिसाएर होजेले पसिना पुछे। उनी जे काम पनि गर्छन्-'काम त काम हो, त्यसको पनि कुनै श्रेणी हुन्छ र?' होजेले काममा वर्ग खोज्नेलाई प्रश्न गरे।
दु:ख गरेर धन सम्पति जम्मा गर्ने अनि छोरी र श्रीमतीलाई अमेरिका ल्याउने सपना छ होजेको।
संयोग पनि कस्तो? होजेसंग सेतोपाटीको भेट यही महिनाको १४ तारिख अथार्त 'भ्याल्यान्टाइन डे' मा भयो। प्रेमीहरुको दिवस भनेर मानिने त्यो दिनमा हामीले होजेलाई पनि उनको प्रेम र बिछोडको कथा सोध्यौं 'सधैँ नै सम्झिन्छु तर आज विशेष याद आएको छ' कनिकुथी अङ्ग्रेजीमा होजेले भने। बिहान र साँझ श्रीमती र छोरीसँग कुरा हुने भएकाले धेरै टाढा भएको लाग्दैन होजेलाई।
अमेरिकाको कानुन मिचेको होजेलाई राम्ररी थाहा छ, तर पनि 'सिमा क्रस' गरेर छिर्ने बाहेक कुनै विकल्प थिएन। सुनौलो भविष्यको खोजीमा अमेरिका छिरेका गैरकानुनी नागरिकहरूको भिडमा होजे जस्ता लाखौ छन्। २०१४ को एक सरकारी तथ्याङ्कका अनुसार अमेरिकामा ११. ३ मिलियन नागरिकहरू बिना कागजातका छन्। जस मध्ये ४९ प्रतिशत अर्थात ५.६ मिलियन नागरिकहरू मेक्सिकोबाट मात्रै छन्।
अमेरिकी राजनीतिमा हरेक निर्वाचनताका 'हट केक' बन्ने आप्रबासी सम्बन्धित कानुनको चर्चा यही आगामी राष्ट्रपतीय निर्वाचनका प्रत्यासीहरुले पनि आफ्नो एक मुख्य मुद्दा बनाएका छन्। चुनाव जितेर गएपछिको समाधानको बाटो त हेर्न बाँकी नै छ तर पनि अमेरिकी जनताहरू भने यो समस्याको दीर्घकालीन समाधान चाहन्छन्।
मुलुकमा रहेका गैरकानुनी नागरिकहरुलाई कसरी कानुनी दायरामा ल्याएर आफ्ना प्रियजनसँग बिछोडिएका होजे र अन्य हजारौँ होजेहरुलाई राहत दिनु पर्ने एउटा आवश्यकता त छ नै, हजारौँ किलोमिटर लामो सिमालाई व्यवस्थित गर्नु पर्ने अर्को ठूलो जिम्मेवारी अमेरिकी राजनीतिक दलको काँधमा आएको छ।

###
0 comments
Write Down Your Responses