दिल्लीमा १ करोड बढी मानिस पानीको संकटमा, १६ जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फागुन १६ । भारतको हरियाणामा आरक्षण माग गर्दै आन्दोलनरत ‘जाट’ समुदायले दिल्ली आउने पानीको मुहान नै बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार भएको छ ।
१ करोडभन्दा बढी मानिस पानीको अभावसन्ग जुधिरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
दिल्लीका खानेपानी बोर्डका प्रमुख केशव चन्द्राले प्रभावित क्षेत्रमा पानीको नियमित आपूर्तिको तीन/चार दिनपछि मात्रै वितरण सामान्य बन्ने बताएका छन् ।
जाट समुदायले सरकारी जागिरमा कोटालगायत आरक्षणको माग गर्दै मुनक नहरसमेत नियन्त्रणमा लिएका थिए । नहर सेनाले नियन्त्रणमा लिएपनि मर्मत गर्न समय लाग्ने बताइएको छ ।
पानीको समस्याका कारण दिल्लीमा सोमबार विद्यालय बन्द गरिएको छ । तीन दिनयताको आन्दोलनका कारण १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
नहर खुलाउन दिल्ली राज्य सरकारले सर्वोच्च अदालतको ढोका ढक्ढकाएको छ । जाट समुदायको आन्दोलन सोमबार पुनः भड्किएको छ ।
आन्दोलनकारीले मालबाहक रेलमा आगो लगाएका छन् भने आन्दोलनका कारण हरियाणा र राजस्थान हुँदै आवत–जावत गर्ने ७० ओटा रेल सेवा अवरुद्ध भएको छ । (एजेन्सी)

###
0 comments
Write Down Your Responses