अमेरिका बस्नेहरु ३ मध्ये १ जना राम्ररी सुत्न पाउँदैनन् (अध्ययन)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी– अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

अमेरिकामा बस्ने हरेक तीन जनामध्ये एक जना पर्याप्त सुत्न नसक्ने एक अध्ययनले देखाएको छ । यसले उनीहरुमा मोटोपन, डायबिटिज, उच्च रक्तचाप, मुटुको रोग, स्ट्रोक लगायतका समस्या निम्त्याएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

हरेक दिन १८ देखि ६० वर्ष समूहका व्यक्ति कम्तिमा सात घन्टा सुत्नुलाई पर्याप्त निद्रा पुगेको अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द (सीडीसी) ले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ । यो नतिजा ५० ओटा राज्य र कोलम्बिया जिल्लाको अभिलेखको अंश भएको पनि सीडीसीले आफ्नो साप्ताहिक प्रतिबेदनमा जनाएको छ ।

स्थान र जाती अनुसार निन्द्राको शैली , रोजगारी र बैबाहिक अवस्था देशभर फरक– फरक हुने पनि सो अध्ययनले स्पष्ट पारेको छ । अन्धाधुन्दा टेलिफोन
संवादको आधारमा सो अध्ययन गरिएको बताइएको छ ।
करिब ६७ प्रतिशत नन हिसपोनिक गोराहरुले पर्याप्त निद्रा पुर्याएको देखिएको छ । त्यसैगरी  अफ्रिकी अमेरिकीहरु त ५४ प्रतिशत मात्रै राम्रोसँग सुत्न पाएका छन् ।

६६ प्रतिशत हिसपेनिक (स्पेनी मुलका अमेरिकी) र  एशियाली मूलका ६३ प्रतिशत मात्रै राम्रसँग निदाउन पाइरहेका छन् ।  दक्षिण पूर्वी अमेरिकी राज्यका थोरै मात्र प्रौढहरु पर्याप्त सुतेको अध्ययनमा देखिएको छ । यो क्षेत्रमा मोटोपन र अन्य जटिल स्वास्थ्यसम्बन्धी समस्या देखिएका  छन् ।
कामको व्यस्तताका कारण पनि मानिसलाई सुत्न कठिनाई भएकोअध्ययनमा सहभागी झन्डै आधाले बताएका थिए । कलेज वा स्नातकोत्तर भन्दा माथिसम्म अध्ययन गर्ने ७२ प्रतिशतले आफूहरु पर्याप्त सुतेको बताए । अविबाहति (६२ प्रतिशत) र सम्बन्ध बिच्छेद गरेका मानिस बिबाहित (६७ प्रतिशत) को तुलनामा कम सुतेको बताए । ५६ प्रतिशत एकल महिलाले दैनिक ७ घन्टा सुत्ने बताए ।
‘समग्र रुपमा मुल्यांकन गर्दा हामीले प्रर्याप्त सुत्न सकेका छैनौ,’ सीडीसीका स्वास्थ्य तथा जनसंख्या शाखाका निर्देशक वाइने गिल्सले भने ‘हरेक रात वेडमा
जाँदा जीवनशैली परिर्वतन हुन्छ, यसले बिहानी उठ्ने समयमा पनि असर गर्छ । वेडमा प्रयोग हुने टेलिभिजन, कम्युटर, मोवाईलका उपकरणले पनि निन्द्रामा
गम्भीर असर पुर्याएको छ ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z