भारतमा जाट आन्दोलनले मध्य भारत ठप्प, १० जनाको मृत्यु -सेना उतारेर कयौं सहरमा कर्फ्यू, मारुतिको उत्पादन बन्द – मोदी अत्यधिक तनावमा भिडियो सहित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नयाँ दिल्ली: हरियाणामा ओबीसी कोटाका लागि आरक्षणक माग गर्दै जाट प्रदर्शनकारीलेको आन्दोलनका क्रममा लगातार हिंसा बढिरहेको छ ।कयौं सहरमा आगो लगाएको घटना सार्वजनिक भइरहेका छन् । प्रदर्शनकारीहरुले रेल्वे स्टेशनदेखि सरकारी कार्यालयमा आगो लगाएका छन् ।पुलिस र प्रदर्शनकारीबीच भएको झडपमा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ। घटनामा डेढ सय भन्दाबढी घाइते भइसकेका छन् ।हरियाणाका ६ जिल्ला रोहतक, झज्जर, सोनिपत, भिवानी, जिन्द र हिसारमा केही दिनदेखिको कर्फ्यू जारी छ । रोहतक, झज्जर, सोनिपत, पानीपत, भिवानी, जिन्द, हिसार, क्याथल र करनाल जिल्लामा आन्दोलन हिंसात्मक भएको छ । यस आन्दोलनका कारण राज्यमा राजमार्ग ठप्प छ । सयौं रेलको यात्रा रद्भ गरिएको छ । कयौं शहरमा निरन्तर कर्फ्यू लागेको छ। अहिलेसम्म आन्दोलनका क्रममा हिंसा भड्काएको आरोपमा ४५ जना प्रदर्शनकारी पक्राउ परिसकेका छन् । हिंसालाई नियन्त्रण लिन प्यारा मिलिट्री फोर्सको २४ कम्पनी यहाँ तैनाथ छ ।
आठ सय बढी रेल ठप्प
शनिबार हरियाणा राज्यमा रेल र सडक परिवहन प्रभावित रहेको छ। जसले दिल्ली, पञ्जाब, हिमाञ्चल प्रदेश, जम्मू र कश्मीर तथा चन्डीगढका लागि विभिन्न राष्ट्रिय राजमार्गको सेवा ठप्प रहेको छ।
आन्दोलनका कारण करिब आठ सय रेलको आवतजावत ठप्प छ ।आन्दोलनको सबैभन्दा धेरै प्रभाव रोहतकमा परेको छ। पूरा मामिलालाई लिएर ‘जाट आरक्षण बचाउ महाआन्दोलन’ संयोजकले पत्रकार सम्मेलन पनि गरेका छन् ।
आन्दोलनका क्रममा हरियाणाको गुडगाउँमा पनि जाट समुदायका मानिसले विरोध प्रदर्शन जारी राखेका छन् । मानेसरस्थित मारुति गाडीको कारखानमा पनि जाट आरक्षणका कारण काम ठप्प रहेको छ । प्रदर्शनकारी उग्र प्रदर्शनले हरियाणा, दिल्ली र अन्य राज्यका कारखानामा कच्चा पदार्थ पुग्न सकेको छैन ।
५ हजार ५ सय स्थायी कर्मचारी र आठ हजार अस्थायी कर्मचारीलाई मारूतिले जाट आन्दोलनका कारण विदामा पठाएको छ । मारुतिले गुडगाउँको कारखाना पनि बन्द गरिदिएको छ । यी दुबै कारखानामा दैनिक ५ हजार कारको उत्पादन हुने गरेको छ ।
भिडियो

###
0 comments
Write Down Your Responses