निरोगी बन्न डाक्टरका ३५ सुझाव
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

- दैनिक ८ गिलास पानी पिउने
- दैनिक साग खाने
- खानामा सलाद समावेश गर्ने
- टुसा उम्रेका अनाज खाने
- बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
- मौसमअनुसारका फलफूल खाने
- चिसो पेयपदार्थ नपिउने
- चिया÷कफी धेरै नपिउने
- रेसायुक्त तरकारी खाने
- नुन कम खाने
- बढी गुलियो नखाने
- तारेको र डढेको नखाने
- तरकारीको बोक्रा नफाल्ने
- भुटेको भटमास, मकै, चना खाने
- रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
- खाना खानेबित्तिकै नसुत्ने
- चाँडै सुत्ने र चाँडै उठ्ने
- ८ घण्टा मस्त सुत्ने
- रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
- बिहान कम्तिमा ३० मिनेट हिड्ने, व्यायाम गर्ने
- तनावमा काम नगर्ने
- सुख/दुःख सेयर गर्ने
- बिदाको दिन परिवारसहित घुमफिर गर्ने
- प्रार्थना, पुजापाठ गर्ने
- जंकफुड, फास्टफुड सेवन नगर्ने
- बेलाबेलामा मनोरञ्जन गर्ने
- हरेक कुरामा चित्त बुझाउने
- धेरै नमोटाउने
- ६/६ महिनामा शरीर चेकअप गराउने
- ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
- यौन जीवन सक्रिय राख्ने
- दिनहुँ एकपटक मजाले हाँस्ने
- आफूलाई कमजोर नसम्झने
- सकारात्मक सोचाई राख्ने
- ध्यान गर्ने
डा. विपलव सापकोटा

###
0 comments
Write Down Your Responses