फागुनमा लटरम्म सुन्तला, पर्खाइ पर्यटकको
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फाल्गुन २, २०७२- सामान्यत: फागुनमा सुन्तला खाने समय सकिइसकेको मानिन्छ । मंसिरमा पाक्ने सुन्तला यतिबेलासम्म प्राय: बजारमा पुगिसक्छन् । र, सुन्तलाका बोट खिङ्रिङ परिसकेका हुन्छन् ।






तर, म्याग्दीको मल्लाज बाँसखर्क गाउँमा भने बगानभरी अहिले पनि लटरम्म सुन्तला देख्न पाइन्छ । गलेश्वरबाट सुरु हुने धौलागिरी सामुदायीक पदमार्ग अन्तर्गत पर्ने यो गाउँमा चिटिक्क परेका ढुंगाले छाइएका परम्परागत घर छेउमै लटरम्म सुन्तला छन् । घरका आँगन र झ्यालबाटै टिप्न मिल्नेगरी सुन्तला फलेका छन् तर कसैले टिपेका छैनन् । जाडोको घाममा सुन्तला टल्किँदा गाउँ नै पहेंलिएको आभास हुन्छ ।


यी सुन्तला बिक्री नभएर बोटमा बाँकी रहेका भने होइनन् । फागुनसम्म बोटमै राखेपछि गर्मी सुरु हुनेबेला मूल्य बढी पाइने हुनाले राखिएका हुन् । अरु ठाउँका सुन्तला चाँडै सकिए पनि उच्चस्थानमा भएको यो ठाउँका सुन्तला फागुन सकिँदासम्म बोटमै रहन्छन् ।


गर्मी लागेपछि पदयात्रामा आउने पर्यटकलाई पर्खेर दाना, तातोपानी, घाराका कृषकले सुन्तला जोगाएर राख्ने गरेका छन् । फागुन/चैतको पर्यटन सिजनमा आएका पर्यटकलाई लक्षित गरी केही कृषकले भने सुन्तला  भण्डारण गरेर समेत राखेका छन् । परम्परागत ढुंगे घरभित्र उपयुक्त हावा र प्रकाश छिर्ने गरी व्यवस्था मिलाएर सुन्तला राख्ने गरिएको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z