कोइरालाको निधनपछि कांग्रेसले बोलायो आकस्मिक बैठक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आफ्ना सभापतिको निधनपछि नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। कंग्रेसले बिहान ११ बजे पार्टी कार्यालय सानेपामा आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको कार्यवाहक मूख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए।
कोइरालाको गए राति १२ बजेर ५० मिनेटमा महाराजगञ्ज स्थित उनकैै निवासमा आकस्मिक निधन भएको हो । उनी केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ  थिए । कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको छ, कांग्रेसद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
कोइरालाको आकस्मिक निधनका कारणले नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।  यसैबीच कोइरालाको पार्थिव शरिरलाई श्रद्धान्जलिका लागि कांग्रेसले बिहान ८ बजेदेखि पार्टी कार्यालय सानेपामा राख्ने भएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z