सुशील कोइरालाको निधनप्रति देउवाको गहिरो दुःख
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी सभपाति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

बिहान कोइराला निवासमा पुगका देउवाले सेतोपाटीसँग कुरा गर्दै भने, 'उहाँको असामयिक निधन भएको खबरले मलाई स्तब्ध र दुःखी बनाएको छ। कोइराला हाम्रो पार्टीको सभापति हो, उहाँकै नेतृत्वमा पार्टीले संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भएको मात्रै होइन उहाँकै प्रधानमन्त्री कालमा मुलुकले नयाँ संविधान पायो, उनले भने।

बिहान २ बजे कोइराला निवासबाट खबर पाएपछि उनको निवासमा पुगरे आफूले गहिरो दुःख व्यक्त गरेको बताउने देउवाले यो खबरले पार्टी र मुलुकलाई ठूलो क्षति भएको बताए। कोइरालाको निधन पश्चात पनि आफू र आफ्नो पार्टीले उनको सम्मानमा कुनै कसर बाँकि नराख्ने बताउदैँ आजै बिहान बस्ने पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताए।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z