शुक्रबारदेखि सबै पम्पबाट इन्धन वितरण
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
मोटरसाइकललाई ५ र गाडीलाई १५ लिटर
काठमाडौंः नेपाल आयल निगमले शुक्रबारदेखि उपत्यकाका अधिकांश पेट्रोलपम्पबाट इन्धन बितरण गर्ने व्यवस्था मिलाएको छ ।


उपत्यकाको अधिकाँश पम्पबाट इन्धन बितरण गर्ने व्यवस्था मिलाइए पनि आगामी एक सातासम्म भने पम्पबाट मोटरसाइकलले दैनिक पाँच लिटर र चार पाँग्रे सबारी साधनले १५ लिटर पेट्रोल उपलब्ध गराइनेछ ।

डिजेल भने सवारी साधनको आवश्यकताअनुसार उपलब्ध गराइने आपूर्ति मन्त्रालयले निर्णय गरेको छ । रक्सौल खुलेपछि उक्त नाकाबाट सहजरुपमा इन्धन आएकाले मन्त्रालयमा बिहिबार बितरण प्रणालीसम्बन्धी बैठक बसेको थियो । बैठकले शुक्रबारदेखि सहज रुपमा इन्धन बितरण गर्ने निर्णय गरेको छ ।

‘इन्धनको आपूर्ति थप बढ्दै गएपछि पाँच लिटर र पन्द्र लिटरको कोटा प्रणाली पनि हटाएर उपभोक्ताको मागअनुसार बितरण गरिनेछ’, निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ।

उनका अनुसार यो बितरण प्रणाली उपत्यकाको हकमा कार्यान्वयनमा ल्याइएको छ । उपत्यका बाहिरको हकमा भने स्थानीय प्रशासन कार्यालय र निगमको क्षेत्रीय कार्यालयले इन्धनको आयातको अवस्थालाई हेरेर आवश्यक निर्णय गर्नेछ ।

‘शुक्रबारदेखि उपत्यकाको ८० प्रतिशत पम्पबाट इन्धन बितरण हुन्छ’, घिमिरेले भने,‘इन्धनको आपूर्ति बढ्दै गएपछि बाँकी २० प्रतिशतको हाराहारीमा रहेका अन्य पम्पलाई पनि इन्धन उपलब्ध गराउने योजना तयार पारेका छौं ।’

निगमकाअनुसार शुक्रबारदेखि पम्पहरुमार्फत पेट्रोल दैनिक साढे तीन लाख लिटर र डिजेल साढे चार लिटर वितरण गरिनेछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z