कोरियाले माग्न थाल्यो नयाँ कामदार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
काठमाडौं: दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारताले ईपीएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरूले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरू लामो समयदेखि जाने समयको प्रतीक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ ।
सन् २०१६ का लागि पहिलो चरण (फस्ट लट) मा कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । सोमबार कृषि क्षेत्रमा काम गर्न जानेको सहमतिपत्र (कन्ट्याक्ट) आएको छ । मंगलबारदेखि उत्पादनमूलक क्षेत्रमा लिने कामदारको सहमतिपत्र रोजगारदाताले पठाउन थाल्नेछन् । रोजगारदाताको स्वीकृतिपत्र आएको एक महिनाभित्रै पहिलो लटका कामदार कोरिया पठाइनेछ ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलो लटमा करिब दुई हजार जना युवा काम गर्न कोरिया जानेछन् । रोजगारदाताले रोस्टरबाट छानेकाहरूलाई भैंसेपाटीमा एक साताको अभिमुखीकरण तालिम दिइने छ ।
मंगलबारदेखि नै तालिमको प्रक्रिया सुरू हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । पहिला कृषि क्षेत्रमा काम गर्न जानेलाई तालिममा सहभागी गराइनेछ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा जानेको पालो आउनेछ । रोजगारदाताबाट छनोट भएका व्यक्तिलाई नेपालमा पनि ईपीएस शाखाले एग्रिमेन्ट पेपरमा हस्ताक्षर गराउनेछ ।
यस वर्ष आठ हजार चार सय ९० जनाले भाषा परीक्षा पास गरेकामा कृषिका जम्मा २५ सय जना छन् । बाँकी सबै उत्पादनमूलक क्षेत्रका हुन् । कृषि क्षेत्रमा काम गर्न जानेको डिमान्ड निकै कम आउने गरेको छ । कृषिमा काम गर्न पनि तुलनात्मकरुपमा गाह्रो छ ।
सन् २०१३ मा भाषा परीक्षा पास गरेका करिब एक हजार जनाले जान पाएका छैनन् । उत्पादनमूलक क्षेत्रमा भने कामदारको डिमान्ड निकै बढी छ । यो क्षेत्रमा काम गर्न जानेको संख्या बढी छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले २०१६ मा काम गर्न जानेको सोमबार पहिलोपटक लेबर कन्ट्याक्ट आएको जानकारी दिए । ‘अब २०१६ का लागि कामदार पठाउने प्रक्रिया सुरू भयो । एक महिनाभित्रै करिब दुई हजार जना युवा कोरिया जानेछन्,' उनले भने । तीन चरणमा औसतमा दुई हजार जनाका दरले रोजगारदाताको मागपत्र आउने उनले जानकारी दिए ।
सन् २०१६ का लागि कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । तीन चरणमा कामदार कोरिया जानेछन् ।
२०१६ मा आठ हजार चार सय ९० जनाले भाषा परीक्षा पास गरेको र यी मध्ये अधिकांशलाई पठाउन पहल गरिने इपीएसले जानकारी दिएको छ । विगतमा गएकाले राम्रो काम गरेकाले कोरियाली रोजगारदाता नेपाली कामदारसँग सन्तुष्ट छन् । उत्कृष्ट कार्यसम्पादन गरेबापत नेपाली कामदार रोजगारदाताबाट पुरस्कृतसमेत भइसकेका छन् ।
कोरियामा नेपाली कामदारले जाने बित्तिकै मासिक न्यूनतम एक लाख १३ हजार रुपैयाँ कमाइ गर्न सक्छन् । यस वर्ष आठ प्रतिशत तलब वृद्धि भएको छ । आकर्षक तलबसुविधा हुने भएकाले उच्चशिक्षा हासिल गरेका, यहाँ जागिर खाएका तथा व्यापारव्यवसाय गरेकासमेत जान इच्छुक देखिएका छन् । यो वर्ष ५० हजारभन्दा बढीले परीक्षा दिएकामा साँढे आठ हजारमात्र उत्तीर्ण भएका हुन् । गत वर्ष जम्मा ३६ सय जनामात्र पास भएका थिए ।
कोरियामा रोजगार अनुमति प्रणाली अन्तर्गत जी टु जी (दुवै देशका सरकारी तहमा) अवधारणमा कामदार पठाउने गरिएको छ । कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट यही प्रणालीमा विदेशी कामदार लिने गरेको छ । नेपालले सन् २००८ देखि प्रशिक्षार्थी कामदार कोरिया पठाउन थालेको हो ।
हाल कोरियामा ३४ हजार नेपालीले काम गरिरहेका छन् । कोरियामा आकर्षक कमाइ हुने भएकाले पछिल्ला वर्ष कन्ट्याक्ट अवधि सकिएपछि पनि लुकिछिपी त्यहीँ बस्ने प्रवृत्ति बढेको छ । चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वतः गैरकानुनी हुने प्रावधान छ ।
गैरकानुनीरूपमा बस्नेको संख्या पाँच प्रतिशत पुग्न लागेको छ । कोरियाले गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा बढी हुने बित्तिकै कामदार लिन रोक्ने चेतावनी दिइसकेको छ । अवैध बस्नेक्रम निरुत्साहित गर्न सरकारले एक पटक फर्किएर पुनः पठाउन दिने गरेको छ ।
यसका लागि कम्प्युटरमा आधारित परीक्षा दिनुपर्छ । यो परीक्षा पास गरेकाले दोहो–याएर कोरिया जान पाउने व्यवस्था छ । गैरकानुनीरूपमा बस्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले फर्किएकालाई सीपमूलक तालिम र स्वरोजगारका काम गर्न १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिने योजनासमेत अघि सारेको छ ।

###
0 comments
Write Down Your Responses