भारतसँग दाहालकाे प्रश्न- नाकाबन्दी गर्नैपर्ने हामीले के गल्ती गर्याैं?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अनुशासित र उल्लासपूर्ण वातावरणमा बसेकोमा कांग्रेसका महाधविेशन प्रतिनिधि साथीहरु। धेरै नेताहरु बोल्दै निक्लँदै गर्नुभयो। म चाहिँ निक्लनु हुँदैन। म अन्तिम समयसम्म बस्नुपर्छ भन्ने ठानेर बसरिहेँ। कांग्रेस नेपाली राजनीतिको सबैभन्दा लामो इतिहास भएको पुरानो पार्टी हो।
अहिलेको राजनीतिक परिवर्तनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी भएको नाताले उहाँहरुले राष्ट्रिय राजनीतिलाई कसरी बुझ्नु भएको रहेछ भन्ने थाहा पाउन पनि मैले धेरै कुरा सुनेँ।
तपाइँहरु र विदेशी पाहुनाका कुरा सुन्दैजाँदा म विगततर्फ फर्र्किएँ। त्यो बेला देउवाजी हिरासतमा हुनुहुन्थ्यो। गिरिजाप्रसाद कोइराला त्यतिबेला कांग्रेसको मात्र नभई संसदमा रहेका ७ वटा पार्टीको नेताको रुपमा पनि नेतृत्व गरिरहनु भएको थियो। त्यतिबेला कोइराला र महामन्त्री कृष्ण सिटौला हाम्रो साथै हुनुहुन्थ्यो। कोइराला र मेरोबीचमा भएका छलफल र निष्कर्षहरु, जुन निष्कर्षहरु १२ बुँदे समझदारी, जनआन्दोलन र संविधान सभा हुँदै गणतन्त्र घोषणासम्म पुग्यो।
ती स्मरणहरु ताजा भएर आएका छन्। यो वर्ष नेपालका लागि असाधारण वर्ष भएको हुनाले एकातिर भूकम्प आयो, अर्कोतिर संविधान निर्माण पनि भयो। त्यसपछि नाकाबन्दीबाट पनि ठूलो आर्थिक क्षतिको सामना गर्नुप¥यो। संविधान जारी गर्न हामीले राष्ट्रिय एकताको आधार बनाउँदै लगेका थियौं।
संविधान कार्यान्वयनको दिशामा नेपाली कांग्रेसले कस्तो बाटो लिन्छ भन्ने कुरा हेर्नुपर्छ भन्ने ठानेको छु। संविधान कार्यान्वयनको चुनौती हाम्रो अगाडि छ। पुनः निर्माणको चुनौती हाम्रो अगाडि छ। कुनै कांग्रेस नेताले हामीले मात्र सबै काम ग¥यौं भन्नुभयो भने मेरो मन चसक्क घोच्छ। कोइरालाले नेतृत्वको गरेको राजनीतिक शक्तिलाई दिलोज्यानले सघाउने हामीलाई तपाइँहरुले बिर्सनु भयो भने त्यो पूर्ण बुझाइ हुने छैन।
नयाँ राजनीतिक प्रयोग हामीले गरेकै हो। नयाँ राजनीतिक प्रयोग गर्न हिम्मत चाहिन्छ। सात सालमा राणा शासनविरुद्धको लडाइँविरुद्ध वीपी कोइरालाले जुन भूमिका निर्वाह गर्नुभयो। वीपीले त्यो आँट नगरेको भए नेपालको इतिहास अर्कै ढंगले कोरिन सक्थ्यो। आफ्नो गोरुको १२ टक्का गरेको भए ४६ सालको जनआन्दोलन सफल हुन गाह्रो हुन्थ्यो। यहाँ मञ्चमा बसिरहनु भएका भारतीय नेता भगतसिंह कोठयिारीजी उठ्न खोज्दै हुनुहुन्थ्यो उहाँलाई मैले रोकेँ।
बेलाबेलामा हामीलाई र नेपाली जनतालाई कहिले कहीँ भारतीय नेतृत्वले नेपाली जनताको मनमा चोट पु¥याएको अनुभव हुन्छ। मन दुःखाएको अनुभूति हुन्छ। हामीले नाकाबन्दी गर्नैपर्ने के गल्ती ग¥यौं? हामी मित्रता चाहन्छौं। हाम्रो अर्थनीति सबै बडो मौलिक प्रकृतिका छन् तर व्यवहारमा हामीले जे जस्ता पीडा भोग्नु परेको छ। फेरि इतिहास नदोहोरियोस्।
राष्ट्र अझै सहज भइसकेको छैन। राष्ट्रिय एकता अझै आवश्यक छ। जनताको सम्वृद्धि र विकासको चाहनाको निम्ति अझै राष्ट्रिय एकता आवश्यक छ। अब आउने कांग्रेस नेतृत्व यो संविधान कार्यान्वयन गरिछाड्ने, राष्ट्रिय एकता बनाउने दृढ विश्वास सहित आउनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
(एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा दिएको मन्तव्य)

###
0 comments
Write Down Your Responses