३८ वर्षीय तुलसी अधिकारीको मूत्रनलीमा रहेको ९ दशमलब ७ एमएम पत्थरी अप्रेसन गर्दा डाक्टरले मृगौला पनि झिकेर चोरे :
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर–५ कञ्चनबारीस्थित नोबेल अस्पतालमा उपचाररत एक बिरामीको मूत्रनलीको पत्थरी अप्रेसन गर्दा डाक्टरले मृगौला पनि सँगै झिकेका छन्। झापा दमक नगरपालिका–१० का ३८ वर्षीय तुलसी अधिकारीको मूत्रनलीमा रहेको ९ दशमलब ७ एमएम पत्थरी अप्रेसन गर्दा डाक्टरले मृगौला पनि झिकेका हुन्।
आफन्तका अनुसार डा. सिद्धार्थ अग्रवालको नेतृत्वमा रहेको चिकित्सक टोलीले आइतबार अधिकारीको मृगौला झिकेको हो। एउटा मृगौला खराब भएको भन्दै डाक्टरले मृगौला झिकेपछि श्रीमती भीमा अधिकारीलाई देखाएका थिए।
भीमाका अनुसार सुरूमा डाक्टरले एउटा मृगौला हल्का सुन्निएको बताए पनि झिक्नुपर्छ भनेका थिएनन्। ’एउटा मृगौला अलिअलि सुन्निएको मात्र भनेका थिए, झिक्नुपर्छ भनेका थिएनन्,’ श्रीमती भीमाले सेतोपाटीसँग भनिन्, ’मृगौला झिकेर देखाएपछि मैले हेर्नै सकिनँ।’
अप्रेसन गरेको १२ घन्टासम्म अधिकारीको होस् नखुलेपछि आफन्त चिन्तित बनेका छन्। श्रीमतीका अनुसार अधिकारीलाई आइतबार १० बजे अप्रेसन थिएटरभित्र छिराइएको थियो। पाँच घन्टा शल्यक्रियापछि अधिकारीको मृगौला काम नलाग्ने भन्दै डाक्टरले झिकिदिएको बताएका थिए।
’मृगौला झिक्नुपर्छ भनेको भए के गर्ने कसो गर्ने भनेर सरसल्लाह गर्थें,’ भीमाले भनिन्, ’एक्कासि मृगौला झिक्नु र त्यसपछि बिरामीको होस् नखुलेकाले धेरै डर लागिरहेको छ।’ उनका अनुसार अधिकारीलाई अघिल्लो शुक्रबार पेट दुःखेपछि सोमबार नोबेल ल्याइएको थियो। अधिकारीको मूत्रनलीबाट पत्थरी निकाल्न आइतबारकै समय दिए पनि डाक्टरले मिति सारेका थिए।
उनका अनुसार डाक्टरले मूत्रनलीबाट उपकरण छिराई पत्थरी निकाल्ने भनेका थिए। तर अप्रेसन थिएटरभित्र पेट चिरेर भीमालाई मृगौला निकालेर देखाएका थिए। भीमाका अनुसार अप्रेसन गर्नुअघि मृगौला झिक्नुपर्छ भनेर डाक्टरले भनेका भए विचार गर्न सकिन्थ्यो। ’अप्रेसनमा लापरबाही गरेर मृगौला झिकेको शंका लागेको छ,’ भीमाले भनिन्, ’यतिका समय होस् नआएपछि के होला कसो होला पीर लाग्न थाल्यो।’
एउटामात्र मृगौला हुनेवित्तिकै शारीरिक अवस्थामा स्वतः परिवर्तन आउने डाक्टर बताउँछन्। एउटा मृगौला नभएपछि ज्यान चुनौतीपूर्ण हुने डाक्टरको भनाइ छ।
अस्पतालले अधिकारीको मृगौला झिकेको स्वीकार गरेको छ। अस्पतालका प्रबन्धक नारायण दाहालले अधिकारीको मृगौला ’फेल’ भएकाले चिकित्सक टोलीले परिवारको सहमतिमै निकालेको दाबी गरे। ’अप्रेसनका क्रममा बिरामीको मृगौला काम नदिने भएपछि डाक्टरले निकालेका हुन्,’ दाहालले भने, ’अरू केही पनि भएको। बिरामीको स्वास्थ्य अवस्थाबारे आफन्तसँग कुरा भइरहेको छ।’ श्रीमती भीमाले भने मृगौला झिक्न आफूले सहमति नदिएको बताइन्।

###
0 comments
Write Down Your Responses