कांग्रेसलाई खुलापत्रः नीतिश कुमारको खुट्टा समातेर लम्पसार पर्ने व्यक्ति हो हुन् ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अविनाश बुढाथोकी ‘अनमोल’
शुरुमा नेपाली कांग्रेसले महाधिवेशनमा
र्फत् सवल र सक्षम नयाँ नेतृत्व चयन गरी राष्ट्रिय मुद्दामा केन्द्रित होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मुलुकको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेस भारत मै स्थापित भए पनि नेपाली जनताको मुक्तिका लागि तत्कालीन राणा शासकविरुद्ध क्रान्ति गरेर २००७ सालदेखि जनता माझ छायो । जब सत्तामा पुग्यो तब उसले श्रमजीवी किसान माथि आफ्नो हैकम लादेर राणा शासनपछिको शोषक, सामन्त, जमिनदारमा परिणत भएर पुँजीवादी शक्तिको नेतृत्व अंगाल्न थाल्यो ।

लेखक
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको तत्कालीन सरकारले किसान मुक्तिका योद्धा कमरेड भिमदत्त पन्तलाई डडेलधुराको एक बस्तीमा भारतीय प्रहरीको सहयोगमा हत्या गरि किसान जनविद्रोहको माग सम्बोधन ग¥र्यो राणा शासनपछिको नयाँ निरंकुश शैलीमा ….।
क. भिमदत्त पन्तले नेपाली किसानका लागि गरेको जनविद्रोह होस् वा तत्कालीन भ्रष्ट तथा राष्ट्रघाती सरकारविरुद्धको संघर्ष नै किन नहोस् ती काम आफैंमा महान छन् । नेपाली किसान हुन् या उत्पीडित गरिब जनता र तमाम क्रान्तिकारीले क. भिमदत्त पन्तलाई युगौंयुगसम्म स्मरण गर्दै क्रान्तिको विकासमा उहाँले पुर्याउनु भएको योगदानको कदर गरिरहने छन् । साथै, क्रान्तिकारी किसान आन्दोलन सफल नहुञ्जेल क्रान्तिको बाँकी अभिभारा पूरा गर्न अन्तिमसम्म अथक रुपमा लडिरहने प्रतिबद्धता जाहेर गरेर पुँजीवादी समाजमा समाजवादी क्रान्तिद्वारा साम्यवादी समाज निर्माण गर्नु हामी कम्युनिस्टबीचको चुनौती र दायित्व अवसरका रूपमा प्राप्त भएको छ ।
नेपालको संविधान निर्माणमा अडिक बने पनि नेपाली कांग्रेसले भद्र सहमतिमा गद्धार गरि भारतकै इसारामा कथित विखण्डनको आन्दोलनमा समर्थन गर्न गएको कुरा नेपाली जनताबीच घाम जत्तिकै छर्लङ् छ । नेपाली कांग्रेस हिजो र आज पनि भारत भक्त भएकै कारण नेपाललाई भारतनिर्भरबाट माथि उठ्न दिइरहेको छैन ।
यहाँ मैले चर्चा गर्न खोजेको विषयतर्फ लाग्न चाहन्छु । नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रूपमा देश तथा विदेशबाट प्रतिनिधिहरु नेपाल आएका छन् । निमन्त्रणा दिने कांग्रेस भए पनि विदेशी पाउना हामी सबै नेपालीका पनि पाहुना हुन् । हामीले पनि अतिथी देवो भवःलाई अनुशरण गरेका छौं तसर्थ हामीले पनि उहाँहरूलाई मान, सम्मान, आदर, सत्कार गर्नैपर्छ र गरेकै छौं ।
तराईका सोझा साझा जनताबीच भ्रम छरी विखण्डनको आन्दोलन चर्काएर भारतमा कसैको खुट्टा ढोग्न जाने कथित मधेसी मोर्चा र नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिको रूपमा नेपाल आएका भारत बिहारका मुख्यमन्त्री नितिस कुमारलाई सम्मान, सत्कारको नाममा लम्पसार परि खुट्टा ढोगेर स्वागत गर्ने नेपालका ठूलो दलबीच के फरक रह्यो ?

पार्टीको गरिमामाथि आँच आउने कुनै खालका घटनामा सो राजनीतिक दलको संलग्नता छैन भने आफूमाथि लागेको आरोपको खण्डनसहित प्रेस विज्ञप्ति निकालेर आफ्नो संलग्नता नभएको पुष्टि गराउनु जुनसुकै दलको नीतिभित्रै पर्छ । तत्कालीन अवस्थामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जाँदा भारतका केही नेताले उहाँको पाउँमा शरणीय ढोगसहित स्वागत गरेका थिए । उहाँको नेपाल आगमनमा पत्रकारले त्यस विषयमा प्रश्न गर्दा उहाँले मुसुक्क हाँसेर भन्नुभएको थियो- ‘जे भयो भारतीय भूमिमै भयो तर नेपालमा भएन ।’
तर नेपाली कांग्रेसको महाधिवेशनका लागि अतिथिका रूपमा नेपाल आएका भारतीय नेता नीतिश कुमारलाई नेपाली भूमी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लम्पसार परि खुट्टा ढोगियो । जुन कुरा राष्ट्रिय स्वाधीनता , राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकताको लडाईँ लड्दै आएका स्वाभीमान नेपाली जनताका लागि आफ्नो गरिमा माथि आँच पुर्याउने कुनै हरकत सैह्य हुने कुरै भएन । आफूले बोलाएको पाहुनालाई आफैं अर्थात् आफ्नाले स्वागत गर्ने परम्परा विश्वव्यापी भएकाले उक्त घटनाको नैतिक जिम्मेवारी नेपाली कांग्रेसको हो ।

नेपाली जनतालाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको हुईम फिँजार राष्ट्रिय स्वामित्वमा रहेका उद्योग, कलकारखाना निजीकरण गरी स्वाहा पार्दै समाजवादी बन्ने नेपाली कांग्रेसको भारत भक्ति र दलाली आखिर कहिलेसम्म ? पाहुनालाई स्वागत गर्न आयोजक नै जान्छ तसर्थ नेपाली कांग्रेसको भारतभक्ति मात्र नभएर भारतका दलालका तलुवा चाट्ने कुत्ता भन्दा पनि तल गिरेर यस्तो हरकत अपनाउँदा स्वाभिमान नेपालीको स्वतन्त्रता र राष्ट्रियतामा आँच आयो कि आएन ? नीतिश कुमारको खुट्टा ढोग्ने व्यक्ति दूतावासका कर्मचारी हुन् भन्ने पनि सुनिएको छ तर दूतावासका कर्मचारी हुन् भनेर कि दूतावासले पुष्टि गर्नुपर्छ नभए त्यो कांग्रेस स्वयम्ले पुष्टि गर्नुपर्छ ।
अर्को कुरा केही समय पहिले प्रधानमन्त्रीले नमस्कार गर्ने क्रममा अलिकति मुन्टो निहुर्याउँदा यहाँ राष्ट्रियता गुमाउनेहरूका लागि आज खुट्टा प्रकरण अर्थात् लम्पसार पर्ने प्रवृत्ति चाहिँ राष्ट्रियता भित्र पर्छ कि पर्दैन ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z