मधेसी मोर्चाको देशव्यापी आन्दोलन सुरु, पहिलो दिनमै ७५ वटै जिल्लामा नयाँ तरंग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १५ वैशाख । तराईमा आन्दोलनरत मधेसी मोर्चासहितको संघीय गठबन्धनको देशव्यापी आन्दोलन बुधबारबाट सुरु भएको छ ।
आन्दोलन सुरु गरेको पहिलो दिनमै गठबन्धले देशका ७५ वटै जिल्लामा नयाँ तरंग सिर्जना गरेको छ । पहिचान र अधिकारका लागि संघर्षरत गठबन्धनले बुधबार ७५ वटै जिल्लाबाट एकैसाथ प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन बुझाएको छ ।
गठबन्धनमा आबद्ध २७ वटा दल तथा संगठनहरुले शान्तिपूर्ण ढंगले २६ सुत्रिय माग सम्बोधनका लागि सरकारलाई ज्ञापन बुझाएका हुन् । गठबन्धनको निर्णय अनुसार जनआन्दोलनको प्रारम्भिक चरणमा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरसहित देशभरीका सिडियोमार्फत् ज्ञापन बुझाइएको हो ।

वैशाख १५ गतेदेखि सुरु गर्ने भनिएको आन्दोलनको कार्यक्रम अनुसार देशको सबै जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपमा ज्ञापन बुझाउने कार्य सम्पन्न भएको बताइएको छ । ज्ञापन बुझाउन गठबन्धनमा आवद्ध दलहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
नयाँ संविधानले मधेशी आदिवासी जनजाति, खस, शिल्पी/दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायले अधिकार खोसेको गठबन्धनको आरोप छ । ‘नेपाली जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न, प्राप्त उपलब्धिहरूलाई गुम्न नदिन तथा पहिचान र अधिकार सहितको स्वायत्त प्रदेशको निर्माण लगायतका हाम्रा मागहरू पूरा गराउन आन्दोलनमा जानु परेको कुरा सम्माननीय प्रधानमन्त्री समक्ष जानकारी गराउन बाध्य भएका हौ’– ज्ञापनपत्रमा भनिएको छ ।

मधेशमा ६ महिना लामो आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति दलहरु मिलेर संयुक्त रुपमा राष्ट्रव्यापी आन्दोलन संचालन गर्ने सहमति भए अनुसार सबै उत्पीडित समुदायले संयुक्त रुपमा आन्दोलनको सुरुवात गरेका छन् । आन्दोलनरत दलहरुको सबैको एजेन्डा समान भएकोले संयुक्त रुपमा राज्य विरुद्ध निर्णायक आन्दोलन गर्ने सहमति बनेको हो ।
यसैक्रममा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच शनिवार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बृहत् छलफल भएको छ । यसअघि राज्यको विभेदकारी नीतिविरुद्ध हिमाल, पहाड र मधेश लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z