डाक्टरपछि इन्जिनियर पनि नक्कली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौंः प्रहरीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउने एउटा गिरोहलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
इन्जिनियरको नक्कली प्रमाणपत्रबनाई नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराएर काम गरिरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले पाँचजनालाई पक्राउ गरेको हो ।
प्रहरीले ललितपुर-१८ गाबहाल स्थित कम्प्यूटर डिजाईनर कार्यालयमा छापा मारी कम्प्यूटर लगायतका उपकरणहरु तथा छापसहित नक्कली इन्जिनियरिङको प्रमाण पत्र पनि बरामद गरेको हो ।
प्रहरीबाट पक्राउ गरिएकामा ललितपुर–१८ गणबहालका कम्प्यूटर डिजाइनर अंकित खड्का, ललितपुर–१४ नख्खीपोटका ४४ वर्षीय सुबित खड्का, सिलगढी–१३ डोटीका २८ वर्षीय हितेश सिंह, खोटाङको बाक्सिला–६ का २६ वर्षीय पुजनकुमार खत्री र बुढानिलकण्ठ–३ काठमाडौंका २३ वर्षीय सनत श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गर्न चाहिने कागजातहरु बरामद गरेको हो । अपराध महाशाखाले उनीहरुलाई उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरी थप कारवाहीको लागिी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

###
0 comments
Write Down Your Responses