सल्यानमा ४ जनाको हत्या गर्ने २० वर्षे युवक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सल्यानको छायाँक्षेत्र गाविस वडा नम्बर ९ रानागाउँकी सविता खाँणको परिवारका ४ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षे युवक संजय भारतीलाई पक्राउ गरेको छ। सल्यान प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर भारतीलाई सार्वजनिक गरेको हो ।
भारतीले उनले गत १४ गते राती छिमेकी सविता खाँण, उनका साढे २ वर्ष र ११ महिनाकी छोरीसँगै सविताकी १८ वर्षकी बहिनी गिताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी श्याम खत्रीले जानकारी दिए।
कसरी भयो घटना
घटना भएको दिन भारतीले मादक पदार्थ सेवन गरेको डिएसपी खत्रीले बताए। भारतीले छिमेकी सवितालाई अन्टी भनेर बोलाउने गर्दथे। सो दिन सविताले सेल रोटी पकाएको कारण भारतीलाई खान बोलाएकी थिईन । मादक पदार्थ सेवन गरेर गएका भारतीले अश्लिल शब्दहरु बोल्न थालेपछि उनीहरुबीच विवाद भएको थियो। त्यसपछि भारतीले ११ महिनादेखि दिदीको घरमा बस्दै आएकी सविताको बहिनी गितामाथि बलात्कारको प्रयास गरे। गिताले प्रतिकार गरेपछि गोठमा गाइवस्तु बाँध्ने पिलो लिएर भारती आएर र पालैपालो हाने ।
भुन्टी नाम प्रहरीको कुकुरले पत्ता समात्यो भारतीलाई
घटना भएको स्थान एकान्त छ । धेरै घरहरु छैनन् । बिहान ८ बजेतिर स्थानीयले सो घरमा ४ जनाको हत्या भएको थाहा पाए । त्यसपछि १० बजेतिर प्रहरी पुग्यो । तर हत्यारा पत्ता लगाउन सकिरहेको थिएन। प्रहरीले भारतीलाई शस्का गर्यो । तर समात्न प्रमाढा पुगिरहेको थिएन । उनले कपडा पनि राती धोएर सुकाएका थिए।
चप्पललमा पनि रगत देखिन्थ्यो । प्रहरीले उनीमाथि निगरानी गरिररहेको थियो। उक्त घटनाको थप अनुसन्धानका लागी मध्य पश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरवाट भुन्टी नामको कुकुर समेत ल्याई घटनास्थलबाट अपराधि भागेको वाटो ट्रयाक पहिचान गर्न प्रहरीलाइ सजिलो भयो। त्यसपछि भुन्टीले मासमा रहेका ५ सय जतिको भिडमा उभिएर घटनास्थल नियालिरहेका भारतीको हात टोक्दै प्रहरीलाई समात्न निर्देशन दियो । खाँडका श्रीमान भारतमा काम गर्छन्।
मदिरा र सेक्सका कारण भारतीले अावेगमा अाएर ४ जनाको हत्या गर्न पुगेको डिएसपी खत्रीले बताए।

###
0 comments
Write Down Your Responses