राजतन्त्र ब्युताउन अमेरिकामा बन्यो भयंकर योजना, राजावादीहरुको गोप्य भेला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
हर्ष पाण्डे
राजतन्त्र समर्थकहरुको मास्टर माइन्डहरुले सार्वजनिक मीटिंग (बैठक) गरेको कमै पाइएको छ । यी व्यक्तिहरुले आखिर के खोजिरहेका छन् नेपालमा ।
नेपालमा पटक पटक राजतन्त्र फिर्ता आउने नारा र विचारहरु चलिनै रहेका छन् । हुन त राजतन्त्र औपचारिक रुपमा समाप्त भएको आठ वर्ष नै भै सक्यो । यसै बीच नेपाल सरकारका परराष्ट्रमन्त्री कमल थापा अमेरिकामा देखिए । उनले राजधानी वाशिंगटन डीसीमा र न्युयोर्कमा धेरै नेपालीहरुलाई भेटेका छन ।
वाशिंगटन डीसीको एक समारोहमा कमल थापा देखिए आशुतोष श्रीवास्तवसंग । देखिनेहरुमा अरु थिए एनआरएनका थुप्रै पदाधिकारीहरु । सन् २००८ मा राजतन्त्र सकेको बेलामा अमेरिका बाट एउटा चर्को आवाज उठेको थियो, राजतन्त्र र हिन्दू राज्यको पक्षमा । त्यो संस्था थियो सयुंक्त रास्ट्रवादी नेपाली।
यो संस्था अचानक शिथिल किन प्रश्न पहिले भारतको सिक्किम टाइम्समा आइसकेको छ । स्मरण रहोस राजसंस्थाको पुनर्स्थापना नेपालको लागि घातक हुने धेरैले भनी सकेका छन । पहिले अमेरिकामा राजाको खुला समर्थन गर्ने माथिए श्रीवास्तव र उनले जोडेको टीम जसमा डाक्टर कमल पाण्डे जस्ता न्युयोर्कका परिचित व्यक्तित्व, टेलिभिजन पर्सनालिटी रमासिंह, बिशाल शाह, भारत केसर सिंहका भाइ बिराट सिंह र नेपाल सरकार का पूर्व मुख्य सचिव दिवाकर पन्त । आखिर किन भेटघाट भयो त थापा र श्रीवास्तव बीच । संगै देखिए राजा बिरेन्द्र र ज्ञानेन्द्रका खास र पुर्व पत्रकार कृष्णराज पाण्डे । साहित्यकार कमला प्रसाई पनि यस संस्था कि संस्थापक मध्ये एक हुन् । राजतन्त्रको समर्थनका कारण उनले पटक पटक INLS नामक साहित्यिक संस्थाबाट आलोचना पाएकी छिन ।
हार्वर्ड विश्वविद्यालयमा पढिरहेको बेला राजा ज्ञानेन्द्रलाई हार्वर्ड विश्वविद्यालयमा आएर भाषन गर्न श्रीवास्तवले राजालाई विश्वविद्यालय को प्रोफेसल लिएर गएको खुलासा भएको थियो । यसैबीच श्रीवास्तवले लण्डन को क्याम्ब्रिज विश्वविद्यालय सँग पनि निम्तो पठाएको थिए । ज्ञानेन्द्र र श्रीवास्तवको बीचमा के कस्ता कुराहरु भएका छन् भन्ने अनुमान मात्र गरिएको छ ।
भारतको बीजेपीका नेता सुब्रमनियम स्वामीसँग घनिष्ट मित्रता राख्ने श्रीवास्तवले ज्ञानेन्द्र र बीजेपी को अनौपचारिक म्यासेज आदान प्रदान गर्ने गरेका छन । यसैबीच २०१२ को संविधानसभाको म्याद सकिने दोस्रो दिन राजतन्त्र को वेबसाइट बनाउन श्रीवास्तवलाई ज्ञानेन्द्रले आदेश दिएका थिए । हिन्दुस्तान टाइम्स र बीबीसीका अनुसार सो वेबसाइट मनीषा कोइरालाले बनाएको खबरमा आएको थियो तर पछि को खबरमा त्यसलाई सच्चाइयो । मनिषा कोइराला र श्रीवास्तवको बीचमा कुराहरु पनि गोप्य नै छन् । आफुलाई राजनीतिमा एक्टिभ न भन्ने तर पछाडी राजतन्त्रको सपोर्ट गर्ने मनिषाको चर्चा मिडियामा आउने गरेको छ ।
के सयुंक्त राष्ट्रवादी नेपाली र अहिले थुप्रै नयाँ राजावादी संगठनहरुले साँठ गांठ गर्ने प्लान छ ? यो प्रश्न को उत्तर त सायद छिटै नै आउला । तर, के यस्ता राजावादीको झुण्डले ल्याएको परिवर्तन स्थायी हुन्छ ? कमल थापाको अमेरिका भ्रमण र पटक पटक भारत भ्रमण सरकारी कामले मात्र हो भन्न अलि अपचिलो छ । सरकारी काम संगसंगै थापाले राजतन्त्र र हिन्दू राज्यको पक्षमा अवश्य पहल गरिरहेको यी गतिविधिले प्रष्ट पार्छ ।

###
0 comments
Write Down Your Responses