खडेरीले मकै छर्न पाएनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वैशाख १६ गते । रामपुरका कृषकले यस वर्ष खेडेरीका कारण अहिलेसम्म मकै छर्न पाएका छैनन् ।
अनि गुल्मी लगाएत का आसपास का जिल्ला पनि पनि खडेरी को कारण ले मकै  छर्न पाएका  छैन
मकै छर्न नपाएपछि यहाँका कृषकलाई परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ता परेको छ । “बर्सेनि मकै बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो भएको थियो, यस पटक बारी बाझै छ” रामपुरका कृषक भुमप्रसाद सिँजालीले भन्नुभयो । उहाँले १५ रोपनी बारीमा मकै छर्न पाउनुभएको छैन ।


यस्तै लीलबहादुर सिँजालीको १२ रोपनी तथा मीनबहादुर सिँजालीले १० रोपनी जग्गा बाझै छ । यस वर्ष मकै छर्न ढिला भइसकेकाले उत्पादनमा कमी आउने उनीहरुलाई चिन्ता छ ।

जिल्लामा २१ हजार ५७० हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ । वर्षाको अभावमा मकैखेती गरिने १९ हजार हेक्टर बारी बाझै रहँदा यहाँका कृषक मारमा परेका हुन् । यहाँ जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेको मनकामना ३, रामपुर कम्पोजिट, अरुण २ जातको मकै कृषकले लगाउदै आएका छन् ।

जिल्लामा मकैखेती गर्ने बारीमा मकैको वार्षिक उत्पादन सरदर ४५ हजार ६०० मेट्रिक टन रहेको कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालले बताउनुभयो । छरेको पानी नपर्दा उम्रेको छैन भने कतिपय कृषकले अहिलेसम्म मकै छर्न पाएका छैनन् । रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z