वीर अस्पतालबाट सबैलाई नाटक देखाउने यी हुन ‘भीआइप’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

काठमाडौं, १७ वैशाख । माओवादी आन्दोलनविरुद्ध न्वारनदेखिको बल लगाएर प्रचार युद्धमा होमिएका कनकमणि दीक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि वीर अस्पतालमा तमासा देखाएर बसेका छन् ।
नर्वेजियन दूतावासदेखि यूरोपेली संघको पैसामा मुलक भित्र गलत र अराजक धन्दा चलाउँदै आएका दिक्षित अख्तियारको हिरासतमा नबस्ने नाटक गर्नैका लागि वीर अस्पतालमा बसेर तामासा देखाएको बताइन्छ । जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।
वीर अस्पतालका एक चिकित्सककाअनुसार दीक्षितले अस्पतालमा बसेर पूर्ण रुपमा नाटक गरिरहेका छन् र दुनियाँलाई आफू बिराम भएको प्रचार गराइरहेका छन् ।
नेपालको सार्वभौमसत्ता, अखण्डता विरुद्ध पत्रकार भएकै नाममा दीक्षितले गलत धन्दा चलाएको आम नागरिकलाई थाहा छ ।
साझा यातायाताको अध्यक्षको हैसियतमा उनले सरकारी स्रोतको समेत दोहन गरेका छन् । सरकारको ९० प्रतिशत सेयर रहेको साझा यातायातको नाममा रहेको सरकारी जग्गालाई आफूखुसी बेचेर व्यक्तिगत सम्पतिका रुपमा बनाएको तथ्य कोही कसैबाट छिपेको छैन ।
आफूलाई कानुनभन्दामाथि राखेर प्रस्तुत हुने दीक्षितको नागरिकता नेपालको भएपनि मन र कार्य भने विदेशी स्वार्थ अनुसार नै चलेको तथ्य कोही कसैबाट छिपेको छैन ।दैनिक नेपाल बाट
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z