दीक्षितपछि अख्तियारले समात्यो अर्काे ठूलो माछा ! एकैपटक पाँच सय जना मुछिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, १६ वैशाख । पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको हो ।
पत्रकार एवं कनकमणि दीक्षितलाई पक्रेर ठूलो माछा समात्न थालेको अख्तियारले यसपटक ठूलो माछो समात्ने नाममा सरकारलाई एकैपटक पाँच सय कर्मचारी हटाउन निर्देशन दिएको हो ।
निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।
कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले , एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।
अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ । कारोबार दैनिकमा समाचार छ ।
###
0 comments
Write Down Your Responses