दिल्लीबाट आयो भारतलाई नोक्सानी पुगाउने खबर, चीन नेपाल पसेपछि…
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपाललाई सहयोग गर्ने मामिलामा चीनले भारतलाई पछ्यायो
काठमाडौं, २७ वैशाख । नेपाल र चीनको बढ्दो सम्बन्धका कारण भारत खतरामा परेको एक समाचार दिल्लीबाट प्राप्त भएको छ ।
दिल्लीको संस्थापन(सरकार) पक्षीय पत्रिका नवभारत टाइम्सले भारतकै कारण नेपालमा चीनले स्थान बनाएको र त्यसले भारतलाई नै नोक्सानी पुगाउने समाचार लेखेको छ ।
सचिन पाराशरले लेखेको यो समाचारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिमानपूर्ण फैसलाका कारण चीनसँग दोस्ती बढ्दै गइरहेको उल्लेख छ । यसले इण्डियालाई नोक्सान पुगाउने पनि उल्लेख छ ।
नाकाबन्दीका कारण नेपालमा भारतले आफ्नो भुमिका चुकाएको र यसले नेपालको अर्थव्यवस्थामा भयानक नोक्सान पुगाएको भन्दै जब नेपाल र भारतबीचको सम्बन्धमा निकै खटपट आयो त्यही बेलादेखि नेपालमा चीन आर्थिक सहायता दिने मामिलामा भारतलाई पछ्याउँदै अग्रसर भएको समाचारमा उल्लेख छ ।
नेपाल सरकारको अफिशल डेभलपमेन्ट असिस्टन्स (ओडीए) रिपोर्ट उल्लेख गर्दै लेखिएको समाचार अनुसार आर्थिक वर्ष २०७२/२०७३ सालमा भारतका तर्फबाट नेपालले पाउने सहयोगमा ५० प्रतिशतभन्दा बढी गिराउट आएको र यही बेलामा चीनले मौका पाएकाले सहयोग गर्ने मामिलामा भारत एकदमै पछाडी परेको उल्लेख छ । साथै चीन नेपाललाई सहायक प्रदान गर्ने दातृ राष्ट्रहरुमध्ये एक नम्बरमा उक्लिएको उल्लेख छ ।
समाचार अनुसार चीनले यो समयमा नेपाललाई ३७.९५ मिलियन डलर सहायता गरेको छ जबकि भारतका तर्फबाट २२ मिलियन डलर मात्रै नेपाल सरकारले पाएको छ । पछिल्लो पाँच वर्षमा यस्तो पहिलोपटक भएको जहाँ नेपाललाई मद्दत गर्ने देशहरुको सूचीमा भारत टप फाइभ (पाँचौं) स्थानमा पनि छैन् । व्रिटेन, अमेरिका र जापानपछि चीन यो सूचीमा चौथो नम्बरमा उक्लिएको छ । यसपछि स्विटजरल्याण्ड छ ।
हेर्नुस् भारतीय मिडियाको समाचारः

###
0 comments
Write Down Your Responses