सुन्धाराबाट हुन्डी कारोबारी ३४ लाखसहित पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सोह्रखुट्टे प्रहरीले काठमाडौंको सुन्धारामा रहेको मुक्तिनाथ इन्टरनेसनल बिजनेश प्रालिमा छापा मारेर ३ जनालाई पक्राउ गरेको छ ।

हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले  ३२ लाखको चेक र १ लाख ४० हजार नगदसहित  ३ जनालाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।

बिजनेश प्रालिका संचालक दुर्गाबहादुर श्रेष्ठ, राजेश श्रेष्ठ र अर्जुन तिमल्सिनालाई पक्राउ गरिएको उनले बताए। सोह्रखुट्टे प्रहरीले पछिल्लो समय हुन्डी कारोबार गर्ने स्थानहरुमा छापा मारिरहेको छ। ३ साताअघि पनि उसले ठमेलमा छापा मारेको थियो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z