भोलि देशब्यापी चक्काजाम
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##


यातायात ब्यवसायी र मजदुर संगठनले बिभिन्न आठ सुत्रीय माग राख्दै बिहीबार देशब्यापी चक्काजाम आयोजना गरेका छन् ।



सरकारले यातायात क्षेत्रमा जरिवाना बृद्धि गरेको भन्दै चक्काजाम कार्यक्रम आयोजना गरिएको जानकारी दिइएका छन् ।

सरकारले यातायात ब्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ संसोधन गरी २५, १०० र २०० रुपैंयाँको जरिवानालाई क्रमशः ५००, १००० र १५०० बनाएको छ ।

ब्यवसायीले जरिवानामा ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत कमिशन रकम खारेज गर्न माग गरेका छन् ।

जारी बिज्ञप्तीमा सार्क राष्ट्रमा सवारी सञ्चालन गर्न बनाइएको व्यवसायी तथा मजदुर बिरोधी नीति खारेज गर्न, समयानुकुल ढुवानी ऐन निर्माण गर्न, सडक दुर्घटना न्युनिकरण बिशेष योजना निर्माण गर्न दवाब दिन, मजदुरहरुलाई सामाजिक सुरक्षा कोष ऐन लागू गराउन र यातायात ब्यवसायलाई ब्यवस्थित बनाउन नीति बनाउन समेत माग गरिएको छ ।

सरकारले भौतिक पुर्वाधारको बिकास नगरी जरिवाना मात्र बृद्धि गरेकोमा उनीहरु आक्रोशित भएका छन् ।

यातायात ब्यवसायी सङघको छाता संगठन नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासङघको अगुवाइमा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय अनुसार केही दिन देखि उनीहरु आन्दोलनमा छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z