श्रीमतीलाई क्यान्सर भएको पत्ता लागेपछि साथी गएका श्रीमान् अस्पतालबाटै फरार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चितवन, १२ जेठ । कम्दी गाविस–९, बाँकेकी माया परियारलाई यति बेला ‘छन् गेडी सबै मेरी छैन गेडी सबै टेडी’ भनेजस्तै भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मेडिकल वार्डको ११ नम्बर बेडमा रक्तक्यान्सरको उपचाररत २५ वर्षीया परियार यति बेला खर्चको अभावमा तड्पिरहेकी छन् ।

नाकबाट ह्वाल ह्वाल्ती रगत बग्न थालेपछि गत गत ३० चैतमा माया आफ्ना श्रीमानका साथ नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण गराउन पुगेकी थिइन् । परीक्षणपश्चात चिकित्सकले उनलाई व्लड क्यान्सर भएको बताउदै थप उपचारका लागि भरतपुरस्थित क्यान्सर अस्पतालमा जान सिफारिस गरेको खबर नेपालीहेल्थले लेखेको छ ।


श्रीमतीलाई क्यान्सर रोग लागेको थाह पाएपछि उनका श्रीमान सुन्दर परियार भने अस्पतालबाटै फरार भैदिए । सबैभन्दा जरुरी परेको बेलामा श्रीमानले छाडेपछि ८ बर्षीय छोराकी आमा माया माइतीको शरणमा परिन् र बुबा आमाले खोजिदिएको ६० हजार रुपैया लिएर थप उपचारका लागि भरतपुर आइपुगिन् । तर अहिले उनले ल्याएको सो रकम सकिईसक्यो । ‘रोग सञ्चो हुने कहिले हो कहिले ऋण खोजेर ल्याएको सबै पैसा सकियो,’अस्पतालको सैयाबाट मायाले भनिन्, ‘अब उपचार कसरी गर्नेहोला ?’

उनले आफूलाई व्लड क्यान्सर भएको बताएपछि श्रीमान अस्पतालमै आफूलाई बिचल्ली पारेर भागेको बताइन् । यतिका बर्ष संगै जीवन विताएको श्रीमानले विरामी हुँदा यसरी भाग्छ भनेर कल्पना नगरेको भन्दै गहभरी आसुपार्दै उनले भनिन, ‘सबै हुँदा खाँदाका मात्रै रहेछन्, उपचारको झन्झट के लिनु भनेरै भागेको होला ।’

आफ्नो बाबुआमाले ऋण खोजेर सानिमाको छोरा भाइसँग यहाँ आफूलाई भरतपुर पठाएको भन्दै मायाले भनिन्, ‘त्यो भाइ केही दिन बसेर फर्कियो, अहिले अर्को भाई आएर कुरिरहेको छ ।’

त्यसो त क्यान्सरका विरामीलाई सरकारले एक लाख रुपैयाँ सम्मको सहुलियत दिन्छ । गाविस र जिल्लाको सिफारिसले उपचारमा पाउने सहुलियत त छ तर औषधि महँगो भएकाले केही औषधि किन्नुपर्ने, रगत दिइरहनुपर्ने, रगत किन्न नपर्ने भने पनि रगतको विभिन्न परीक्षण गर्दा लाग्ने खर्च जुटाउन पनि आफूलाई समस्या भएको बताइन् ।

उक्त वार्डमा काम गर्ने स्टाफ नर्स जेसिका खड्का अस्पतालले दिनसक्ने छुट त क्यान्सर सेवा समाजमार्फत आएको बताइन् । तर केही औषधि किन्नै पर्ने भएकोले त्यस्तो बेलामा समस्या देखिएको बताइन् । नर्स खड्काले कुर्न बसेका भाइहरुले पैसा नभएर खाना नै नखाएको थाह पाएपछि आफूहरु स्टाफ मिलेर केही रकम सहयोग गरेको उनले बताइन् ।

अस्पतालका कार्यकारी निर्देशक डाक्टर चिनबहादुर पुन क्यान्सर सेवा समाजले सिफारिस गरेको र अस्पतालले गर्नसक्ने छुट आफूले गर्दै आएको बताए । डा. पुनले मिर्गौलाको डायलासिस निःशुल्क गराए जस्तै रक्त क्यान्सरको रोग पनि त्यस.री नै निशुल्क गरिदिए विपन्नका ठूलो राहत हुने बताए । डा.पुनका अनुसार समयमा उपचार गराउने हो भने रक्त क्यान्सर प्रायः सन्चो हुने गर्छ ।

क्यान्सर सेवा समाजका सदस्यसचिव भोला शिवाकोटीले माया परियारको उपचारमा संस्थाले सक्ने छुट गराएको भन्दै थप सहयोगका लागि समेत पहल भइरहेको बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z