धुर्मुस र सुन्तलीलाई कोरियाबाट आर्थिक सहयोग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सोलः कलाकार सीताराम कट्टेल ‘धुर्मुस' र कुञ्जना घिमिरे ‘सुन्तली'को अगुवाइमा निर्माण भइरहेको एकीकृत नमुना बस्तीका लागि दक्षिण कोरियामा समेत आर्थिक संकलन सुरु गरिएको छ।
मेलम्ची ८ गिरानचौर सिन्धुपाल्चोकमा निर्माण गर्न लागिएको धुर्मुस सुन्तली नमुना बस्तीका लागि करिब चार लाख रुपैयाँ संकलन भएको छ ।
१० दिनमा उक्त रकम संकलन गरिएको हो । मे महिनाको अन्तिमसम्म आर्थिक संकलन गरिने अभियानकर्मी गोविन्द गौतमले बताए ।
सिन्धु समाज दक्षिण कोरियाको पहलमा आर्थिक संकलन सुरु भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनको अनुमतिमा आर्थिक संकलन गरिएको समाजले जनाएको छ ।
धुर्मुस सुन्तली नमुना बस्ती निर्माण कार्यले प्रशंसा पाएको बताउँदै समाजका अध्यक्ष एलबी श्रेष्ठले भने, ‘सरकारी तथा गैरसरकारी क्षेत्रबाट सुस्तता भएको बेला पीडितहरूको लागि धुर्मुस सुन्तलीको कार्य उल्लेखनीय छ ।'

###
0 comments
Write Down Your Responses